बैशाख २५, २०८१, मंगलबार
               

दाहाल-नेपाल समूहले तेस्रो चरणको आन्दोलन गर्ने

नेपाल फ्ल्यास
फागुन ०२, २०७७

ADVERTISEMENT

काठमाडौं । प्रतिनिधिसभा विघटनपश्चात् आन्दोलनरत नेकपा प्रचण्ड-नेपाल समूहले तेस्रो चरणको आन्दोलन घोषणा गर्ने भएको छ ।

सो नेकपा समूहले पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा पत्रकार सम्मेलन गरेर तेस्रो चरणको आन्दोलन घोषणा गर्न लागेको छ । 

नेकपाका केन्द्रीय सदस्य तथा केन्द्रीय संघर्ष समितिका सदस्य विष्णु रिजालले दिउँसो २ बजे तेस्रो चरणका आन्दोलन घोषणा गर्ने जानकारी दिएका छन् ।

‘आज दिउँसो २ बजे पार्टी कार्यालय पेरिसडाँडामा प्रतिगमन विरोधी संघर्षका तेस्रो चरणका कार्यक्रम घोषणा गर्ने कार्यक्रम छ,’ रिजालले भने । 

पुस ५ मा प्रतिनिधसभा विघटनपश्चात् नेकपाको सो समूह निरन्तन्तर आन्दोलनमा छ । सोहीबमोजिम माघ २८ मा जनप्रदर्शन  गर्दै आएको छ ।  यसका अलवा अन्य साना दल पनि दाहाल-नेपाल समूहको एजेन्डासँग सहमत हुने गरी आन्दोलनरत छन् । तर, मुख्य दल नेपाली कांग्रेस अन्योल अवस्थामा देखिरहेको छ । 

यो पनि