जेठ ०५, २०८१, शनिबार
               

आगामी चुनावबारे छलफल गर्न निर्वाचन आयोगले डाक्यो राजनीतिक दल

नेपाल फ्ल्यास
फागुन ०२, २०७७

ADVERTISEMENT

काठमाडौं । आगामी चुनावको लागि छलफल गर्न निर्वाचन आयोगले राजनीतिक दलहरुलाई बोलाएको छ ।

चुनावको लागि दलका प्रतिनिधिसँग छलफल गर्न आयोगले संघीय संसद, प्रदेश सभा र स्थानीय तहमा प्रतिनिधित्व गर्ने राजनीतिक दललाई बोलाएको आयोगले जनाएको छ । 

प्रधानमन्त्री केपी शर्मा ओली सरकारले आगामी वैशाख १७ र २७ गते दुई चरणमा चुनावको घोषणा गरिसकेको छ । 

 संघीय संसद, प्रदेशसभा र स्थानीय तहमा प्रतिनिधित्व गर्ने दललाई छलफलको आज लागि विहान ११ बजे बोलाएको बताइएको छ ।

आयोगका अनुसार निर्वाचन आचारसंहिताको विषयमा राजनीतिक दलहरुसँग छलफल हुने बुझिएको छ ।

त्यस्तै, निवाएचन आयोगले पनि आचारसंहिताको मस्यौदा तयार पारिसकेको जनाएको छ ।

उक्त मस्यौदामा रहेर दलका प्रतिनिधिहरुसँग सुझाव लिन लागेको हो । दलको सुझावपछि आयोगले आचारसंहिताबारे निर्णय गर्ने बताइएको छ । 

 


कस्तो लाग्यो ?

यो पनि