बैशाख २०, २०८१, बिहीबार
               

आजदेखि प्रतिनिधिसभा विघटन मुद्दामा जवाफी बहस हुने

नेपाल फ्ल्यास
फागुन ०२, २०७७

ADVERTISEMENT

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिनिधिसभा विघटनविरुद्धका रिटमाथि आजदेखि सर्वोच्च अदालतमा संवैधानिक इजलासमा जवाफी बहस सुरु हुने भएको छ । गत महिना पुस पाँच गते प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरेका थिए ।

स्रोतको जानकारी अनुसार प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले जवाफी बहसमा निवेदक पक्षका करिव पाँचजनालाई बोल्न दिने तयारी गरेको बताइएको छ । विपक्षी एवं सरकारी पक्षको बहस गत बिहीबार भएको थियो ।

उनीहरुको तर्फबाट आएका जिज्ञासा तथा तर्कको जवाफ निवेदक पक्षले दिने जनाइएको छ । उक्त जवाफी बहसको लागि नेकपाका प्रमुख सचेतक देव गुरुङका तर्फबाट वरिष्ठ अधिवक्ताहरू रमण श्रेष्ठ, शम्भु थापालगायत रहेका छन् भने अन्य १२ निवेदकका तर्फबाट क–कसले जवाफ दिने भन्ने इजलासबाट समय दिएपछि मात्र थाहा हुने स्रोतले जनाएको छ । 

गत माघ ४ गते हेर्दाहेर्दैमा राखेर सुनुवाई भइरहेको प्रतिनिधिसभा विघटनविरुद्धका १३ रिट निवेदकका तर्फबाट ७० भन्दा बढी कानून व्यवसायीले बहस गरेका थिए भने उनीहरुले १३ दिनको समय लिएपछि सरकारको तर्फबाट सुरुमा बहस गरेका थिए । 

सो जवाफी बहस सकिएपछि एमिकस क्युरीमा रहेका पाँचजनालाई आफ्नो कुरा राख्न समय दिइने बताइएको छ । एमिकस क्युरीमा नेपाल बार एसोसिएसनका तर्फबाट बद्रीबहादुर कार्की, सतिशकृष्ण खरेल, विजयकान्त मैनाली, सर्वोच्च बार एसोसिएसनका अध्यक्ष पूर्णमान शाक्य र गीता पाठक संग्रौला रहेका छन् ।


कस्तो लाग्यो ?

यो पनि