बैशाख १७, २०८१, सोमबार
               

बुटवलको सभामा विशाल उपस्थिति, ओली पक्षधर उत्साहित !

नेपाल फ्ल्यास
फागुन ०१, २०७७

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाको फेसबुकबाट ।
ADVERTISEMENT

बुटवल । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेकपाले आज शनिबार बुटवलमा गरेको सभामा नेकपा विभाजनपछि सम्भवतः अहिलेसम्मकै विशाल उपस्थिति देखियो । बुटवल यस्तो जिल्ला हो यसअघि पनि त्यहाँ नेकपा वा त्यसअघि एमालेले गर्ने प्रदर्शनमा उल्लेख्य जनसहभागिता रहने गरेको थियो ।

किन यति मानिस मैदानमा आए त ? कसले तारतम्य मिलायो ? यसको पछाडि दुई कारण छन् । पहिलो त्यस क्षेत्रमा नेकपा विभाजनपछि पनि प्रधानमन्त्री ओलीको नेतृत्वको दललाई सर्वाधिक साथ छ । अर्को हो नेकपा महासचिव विष्णु पौडेल । यो उनको राजनीतिक कर्म क्षेत्र हो । सरकारका अर्थमन्त्रीसमेत रहेका पौडेलप्रतिको विश्वास र भरोसाले त्यहाँ विशाल सभा सफल भएको हो ।

सत्तासीन नेकपाले बुटवलको सभा सफल हुने स्वाभाविक अपेक्षा गरेको थियो । तर जनसहभागिता देखेपछि नेताहरूमा झनै उत्साह थपिएको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले आजको उपस्थिति प्रति गर्व गरेका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमा केही फोटो राखेर लेखेका छन्- 'क्या बात् लुम्बिनी - बुटवलमा उर्लिएको जनसागर ।'

बुटवल पहिलेदेखि नै वामपन्थीको दरिलो उपस्थिति रहेको क्षेत्र हो । गएको संसदीय निर्वाचनमा रुपन्देही २ बाट एमालेका पौडेल ४४ हजार ९ मत ल्याएर विजयी भएका थिए । उनको निकटतम प्रतिद्वन्द्वी युवराज गिरीको मत २१ हजार ९४६ थियो । अर्थात् दोब्बरभन्दा बढी मतले पौडेलले निर्वाचन जितेका थिए ।

कार्यक्रम बुटवल उपमहानगरपालिका–९ सिद्धेश्वरी माध्यमिक विद्यालयको मैदानमा भएको थियो । त्यो आमसभाका लागि त्यो मैदान सानो भएको तस्बिरबाट प्रस्ट हुन्छ । सभा भएको स्थानदेखि एक किलोमिटरसम्म मानिसहरूको बाक्लो उपस्थिति देखिएको थियो । आमसभा लुम्बिनी प्रदेश कमिटीले आयोजना गरेको थियो । त्यहाँको उपस्थितिले स्वयं अध्यक्ष एवं प्रधानमन्त्री ओली पनि हौसिएका थिए । उनले कार्यक्रममा भने- 'आगामी चुनावमा हाम्रो पक्षमा निर्वाचनको बाकस भरिने भएपछि प्रचण्ड-माधवहरू आत्तिएका छन् । यो उपस्थितिले त्यसलाई प्रमाणित गरेको छ ।'

महासचिव पौडेल बुटवलमा मात्र नभई त्यस क्षेत्रका जनतामाझ लोकप्रिय छन् । त्यस क्षेत्रमा नेपालकै ठुलठुला सडक आयोजना र पूर्वाधार निर्माण भइरहेको छ । ती विकास आयोजनामा उनै पौडेकको सक्रिय प्रयास रहेको छ । अन्तिम अवस्थासम्म नेकपा एक राख्न कसरत गरेकोमा पनि पौडेललाई नेकपा कार्यकर्ताहरूले रुचाएका छन् । सोही कारण पनि बुटवलको सभामा अर्थपूर्ण उपस्थित भएको नेकपा नेताहरूको बुझाइ छ । 


कस्तो लाग्यो ?

यो पनि