माघ ०३, २०७८, सोमबार
               

प्रधानमन्त्रीका कारण गणतन्त्र, संघीयता र संविधान धरापमा पर्‍यो : जनार्दन शर्मा

नेपाल फ्ल्यास
फागुन ०१, २०७७

ADVERTISEMENT

काठमाडौं । दाहाल–नेपाल समूह नेकपाका नेता एवं पूर्वमन्त्री जनार्दन शर्माले गणतन्त्र, संघीयता र संविधान प्रधानमन्त्री केपी शर्मा ओलीका कारण धरापमा परेको बताएका छन् । 

२६औँ जनयुद्धको अवसरमा गृहजिल्ला रुकुममा आयोजित एक कार्यक्रमा सम्बोधनका गर्ने क्रममा नेता शर्माले सो बताएका हुन् । 

प्रधानमन्त्री ओलीले संविधानमै नभएको अधिकार प्रयोग गरी जनताको त्याग र बलिदानले ल्याएको उपलब्धि धरापमा पारेको बताउँदै उनले  संविधान रक्षाका लागि सबैलाई एकजुट हुन आग्रह गरे ।


कस्तो लाग्यो ?

यो पनि