जेठ ०४, २०८१, शुक्रबार
               

सिंगो देश रोइरहँदा प्रधानमन्त्री बाँसुरी बजाएर बसेको अध्यक्ष नेपालको आरोप

नेपाल फ्ल्यास
फागुन ०१, २०७७

ADVERTISEMENT

काठमाडौं  । प्रचण्ड–नेपाल नेकपा समूहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री एवं नेकपा ओली समूहका अध्यक्ष केपी शर्मा ओलीलाई रोमका सम्राट निरोसँग तुलना गरेका छन्।

शनिबार धनकुटामा आयोजित विरोधसभालाई सम्बोधन गर्ने क्रममा नेता नेपालले रोम शहर जलिरहँदा सम्राट निरोले बाँसुरी बजाएर बसेको उल्लेख गर्दै नेपालले देश रोइरहेका बेला प्रधानमन्त्रीले भने बाँसुरी बजाएको आरोप लगाएका हुन् । 

‘रोमको सम्राट निरो सिंगो राजधानी जलिरहेको छ, मान्छेहरु पुर्पुरोमा हात राखिरहेका छन्, उसलाई त मतलब नै छैन। आनन्दले उपरखुट्टी लगाएर बाँसुरी बजाएर बसिरहथ्यो’, उनले भने, ‘आज केपी ओली सिंगो देश रोइरहँदा, पार्टी नागरिक अगुवा सडकमा हुँदा बाँसुरी बजाएर बसिरहेका छन्।’

सिंगो देश एकतर्फ हुँदा ओलीका भजनमण्डली ‘केपी बा’ भनेर रमाइरहेको आरोप लगाउँदै उनले ओलीलाई देश, समाज, गरीब, मजदुर किसान, बेरोजगार युवा, लोकतन्त्रलगायतको चिन्ता नभएको बताए । 

‘आफूले काम नगर्ने, पार्टीले काम गर्न दिएन भनेर गीत गाउँदै हिँडिरहेका छन्’, उनले भने, ‘पार्टीले त नराम्रो काम नगर्नु राम्रा काम गर्नु भनेको हो। भ्रष्टाचार नगर्नु, भ्रष्टाचारीलाई दण्डित गर्नुे, बलात्कृतलाई कडाभन्दा कडा कारबाही गर्नु पो भनेको हो।


कस्तो लाग्यो ?

यो पनि