बैशाख १७, २०८१, सोमबार
               

नेकपा फुटेको छैन, सानो स्वार्थी समूह अलग्गिएको मात्रै हो : अर्थमन्त्री पौडेल

नेपाल फ्ल्यास
फागुन ०१, २०७७

ADVERTISEMENT

बटवल । नेकपा ओली समूहका महासचिव एवं अर्थमन्त्री विष्णु पौडेलले नेकपा फुटेको नभई सानो समूह चोइटिएको बताएका छन् । 

ओली समूह लुम्बिनी प्रदेश कमिटीले शनिबार बुटवलमा आयोजित कार्यक्रमलाई संबोधन गर्दै  महासचिव पौडेलले सो बताएका हुन् । 

महासचिव पौडेलले भने, ‘कतिपय मानिसलाई लाग्यो, नेकपा फुट्यो, फुट्दै छ । तर, आजको उपस्थितिले के पुष्टि गर्दै छ भने नेपाल कम्युनिस्ट पार्टी फुटेको छैन, स्वार्थी तत्व  चोइटिएका मात्र हुन्,’ संबोधनका क्रममा उनले भने, ‘फुट्न जनताले दिँदैनन् । केपी ओलीको पक्षमा जनमत छ भन्ने जनसभाहरुले पुष्टि गरिरहेका छन् ।’

केपी ओलीको नेतृत्वमा हामीले संविधान निर्माण गरेको बताउँदै पौडेलले संसारका संविधानसँग तुलना गर्दा नेपालको संविधान लोकतान्त्रिक र अग्रगामी रहेको बताए । उनले भने, ‘यो संविधान निर्माणको अगुवाई कमरेड केपी शर्मा ओलीले गर्नुभएकोथियो ।’


कस्तो लाग्यो ?

यो पनि