जेठ ०५, २०८१, शनिबार
               

मन्त्री रायमाझीको प्रचण्डलाई प्रश्न : ३४ हजार जनमुक्तिको नाममा ल्याएको पैसा कहाँ गयो?

नेपाल फ्ल्यास
फागुन ०१, २०७७

ADVERTISEMENT

काठमाडौं । नेकपा स्थायी कमिटी सदस्य तथा ऊर्जामन्त्री टोपबहादुर रायमाझीले युद्धकालमा प्रचण्डले अर्बौं रकम कहाँ गयो भनी प्रश्न गरेका छन् । 

शनिबार बुटवलमा भएको पूर्वजनमुक्ति सेना नेपालको राष्ट्रिय भेलालाई संबोधन गर्ने क्रममा मन्त्री रायमाझीले १९ हजारको नाम राखेर ३४ हजारको नाममा ल्याएको पैसा कहाँ गयो भनी प्रश्न गरेका हुन् । 

‘हामी अहिले वैचारिक र राजनीतिक संघर्षका क्रममा छौँ, तर सोध्नु पर्नेबेला आएको छ, १९ अर्ब कहाँ गयो। प्रचण्डले जवाफ दिनुपर्छ,’ संबोधनका क्रममा नेता रायमाझीले भने, ‘जनमुक्ति सेनालाई बेवास्ता गर्दा उनीहरू आज घर न घाटको भएका छन्।’

पार्टीको नेता भएर विवाद मिलाउने कि सडकमा जाने भनी प्रश्न गर्दै नेता ।रायमाझीले प्रचण्ड र माधव नेपालले आन्दोलनको नाममा सडकमा उटपट्याङ मच्चाएको बताए । दाहाल-नेपालले गैरजिम्मेवारीपन देखाएको बताएको सो क्रममाम उनले बताए । ‘ पार्टीमा विवाद छ त पार्टीभित्रै मिलाउनुपर्दैन,’ प्रश्‍न गर्दै रायमाझीले भने, ‘उहाँहरू विकास र समृद्धिको नेतृत्व गर्न छाडेर पद, शक्तिका लागि सडकमा जानुभयो  । साथीहरूले बाटो बिराउनुभएको छ। संसद् पुनर्स्थापना सयमा एक प्रतिशत पनि हुँदैन।’

यो पनि