जेठ ०५, २०८१, शनिबार
               

रामको जन्म भएको पुष्टि गर्न म त्यो बेलाको सुँडेनी होइन : प्रधानमन्त्री ओली

नेपाल फ्ल्यास
फागुन ०१, २०७७

ADVERTISEMENT

प्रधानमन्त्री केपी शर्मा ओलीले भगवान रामको जन्मभूमि अयोध्यापुरीमै रहेको प्रमाणित गरिदिन आफू त्यसबेलाको सुँडेनी नभएको बताएका छन् । गत माघ २८ गते नेकपा प्रचण्ड नेपाल समूहका अध्यक्ष प्रचण्डले भगवान रामको जन्म आफ्नो निर्वाचन क्षेत्र अयोध्यापुरी भएको पुरातात्विक अन्वेषणबाट प्रमाणित गर्न प्रधानमन्त्रीलाई चुनौती दिएका थिए । बुटवलमा आयोजित केबलकार शिलान्यास कार्यक्रममा उक्त चुनौतीकाे जवाफ दिएका हुन् । 

'केही दिनअघि एकजना मान्छेले भनेछन्, अयोध्यापुरीमा रामको जन्म भएको प्रमाणि हुनुपर्यो', उनले भने, 'बढो गाह्रो प्रश्न छ । अब म त्यसबेलाको सुँडेनी हुनुपर्यो ?' ओलीले कतिपय कुरा श्रुति परम्पराको निरन्तरता र दर्शनको आधारमा पुष्टि हुने पनि बताए । 


कस्तो लाग्यो ?

यो पनि