कात्तिक ०९, २०८१, शुक्रबार
               

जनयुद्ध हाेइन, प्रचण्ड कुहिएका कमाण्डर हुन् : शंकर पाेखरेल

नेपाल फ्ल्यास
फागुन ०१, २०७७

ADVERTISEMENT

लुम्बिनी प्रदेशका मुख्यमन्त्री एवं नेकपा ओली समूहका नेता शंकर पोखरेलले नेकपा अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'लाई कुहिएको फर्सीको संज्ञा दिएका छन् ।

बुटवलमा आयोजित पूर्वजनमुक्ति सेना नेपालको राष्ट्रिय भेलामा बोल्दै उनले जनयुद्ध, जनयुद्धमा  लड्ने जनमुक्ति सेनाको बलिदानको अपमान गर्ने नेतृत्व अर्थात ‘प्रचण्ड’ कुहिएको आरोप लगाएका हुन् ।

उनले जनयुद्ध, जनयुद्ध लड्ने जनमुक्ति सेनाको बलिदानको अपमान गर्ने नेतृत्व कुहिएको आरोप लगाए । प्रचण्डले जनमुक्ति सेनाको सपनालाई धोका दिएको भन्दै पोखरेलले इतिहासको लिगेसीका आधारमा जनमुक्ति सेनालाई बन्धक बनाउन खोजेको बताए।

‘जनयुद्धका कमान्डरले तपाईँहरूको बारेमा सोच्नुभएन, आफ्नाबारेमा सोच्नुभयो, आफू शक्तिमा गएपछि तपाईँहरूलाई बिर्सिनुभयो । हामी त्यसो गर्ने छैनौँ’, उनले भने ।

उनले भने, ‘सम्माननीय प्रधानमन्त्रीले तपाईंहरुले जनयुद्धको नेतृत्व गर्दा बनाएको सुप्रिम कमान्डर फर्सीजस्तै कुहियो भन्दा जनयुद्ध कुहियो भनेर तपाईंहरुलाई भ्रमित गर्ने काम भएको छ ।’

पोखरेलले पूर्वजनमुक्ति सेनाका शिविरहरूमा भएका घोटालाको खोजी गर्न पनि आग्रह गरेका छन् । शिविरमा घोटाला गर्नेहरुको खोजी गरी कारबाहीका लागि तयार हुनुपर्ने उनले बताए । ‘जति पैसा त्यसबेला घोटाला भएको थियो, त्यही बराबरको पैसा तपाईँहरूको कल्याणकारी कोषमा जम्मा गर्ने जिम्मा लिन म तयार छु’, उनले भने ।


कस्तो लाग्यो ?

यो पनि