जेठ ०४, २०८१, शुक्रबार
               

असंवैधानिक कदमविरुद्ध सडक आन्दोलन थप चर्किन्छ : माधव नेपाल

नेपाल फ्ल्यास
फागुन ०१, २०७७

ADVERTISEMENT

प्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेको अवस्थालाई सुधार नगरे आगामी दिनमा सडक आन्दोलन थप चर्किने नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले बताएका छन ।

प्रधानमन्त्री ओलीले संबिधान विपरित नियम मिच्दै संसद विघटन गरेर मुलुकलाई दुर्घटनाको खाडलमा पुर्‍याएको नेता नेपालले बताए । मुलुकलाइ ठूलो दुर्घटना हुनबाट जोगाउन अध्यक्ष पुष्पकमल दहाल (प्रचण्ड) र आफ्नो नेतृत्वको नेकपा अब सडकसंघर्ष चर्काउने र सडकबाटै ओलीलाई पुरानै स्थितिमा ल्याउने पनि नेता नेपालले बताए । उनले सरकारका प्रधानमन्त्री ओली पुराना कालका श्री ३ र जंगबहादुर बन्न कोशिस गर्दा संसद विघटन भएकाे उनले बताए । 

यता नेकपा नेतृ तथा पूर्वराज्यमन्त्री रामकुमारी झाँक्रीले मुलुकको अस्तित्व जोगाउन निडर भएर बोल्दा आफूमाथि प्रहरी लगाएर थुनामा राख्नु प्रधानमन्त्री ओलीले तानाशाही प्रवृति भएकाे आरोप लगाइन् । 


कस्तो लाग्यो ?

यो पनि