जेठ ०५, २०८१, शनिबार
               

चिहानबाट हजारौ कंकालहरू निस्केर परिवर्तनका विरोधीविरुद्ध बोल्नेछन् : प्रचण्ड

नेपाल फ्ल्यास
फागुन ०१, २०७७

ADVERTISEMENT

काठमाडौं ।  नेपाल कम्युनिष्ट पार्टी नेकपा प्रचण्ड-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले आफू पृथ्वीनारायण शाहको युद्धकलाबाट प्रभावित भएर जनयुद्धको नेतृत्व गरेको बताएका छन् । पेरिसडाँडामा आयोजित शहीद स्मृति कार्यक्रममा यस्तो बताएका हुन् । 

प्रचण्डले जनताका तर्फबाट पहिलो पटक जारी भएको संविधानमाथि घात गर्नेलाई जनताले त्यसै नछाड्ने चेतावनी समेत दिए । जसका लागि हजारौं कंकालहरूले समेत धावा बाेल्ने दाबी गरे । ‘केपी ओलीहरूले हजारौँ शहीदहरूले बगाएको रगतबाट बनेको संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रलाई म किच्न सक्छु भन्ने सोचेका छन् भने उनी सारै ठूलो भ्रममा छन् । उनी छिट्टै भ्रममुक्त हुँदा राम्रो हुन्छ भन्ने सुझाव राख्न चाहान्छु’, प्रचण्डले भने, ‘नत्र भने हजारौ कंकालहरू चिहानबाट बाहिर निस्कन्छन् र परिवर्तनलाई रोक्न खोज्नेकाविरुद्ध धावा बोल्नेछन् ।’ 

‘हामी युद्धका क्रममा नै मारिन सक्थ्यौँ । हामी बाँचेका छौँ । ती महान शहीदहरुको बलिदानबाट प्राप्त भएको उपलब्धीलाई कुल्चिने दुस्साहस भएको छ । हामी सहन सक्छौँ त’, प्रचण्डले भने । हजारौँको बलिदानबाट प्राप्त उपलब्धि खतरामा रहेको उल्लेख गर्दै फेरि एकचोटी बलिदानका लागि तयार रहन संकल्प गर्नुपर्ने बताए ।


कस्तो लाग्यो ?

यो पनि