जेठ ०५, २०८१, शनिबार
               

ओली समूहको सभा सजावटमा बालबालिका !

नेपाल फ्ल्यास
फागुन ०१, २०७७

ADVERTISEMENT

बुटवल  । आज नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रधानमन्त्री केपी शर्मा ओलीको समूहले बुटवलमा शक्ति प्रदर्शन गर्दैछ । बुटवलको सिद्देश्वरी मावि प्राङ्गणमा गर्न लागेको आमसभाको सजावटमा स्कुले बालबालिकाको प्रयोग भएको छ ।

स्कूल प्राङ्गणमा आयोजित आमसभाका लागि झण्डा टाँग्न र सजावट गर्न शुक्रबार एक झण्डै दर्जन बालबालिकाहरु प्रयोग भएका हुन् । लुम्बिनी प्रदेश समितिद्वारा आयोजित उक्त प्रदर्शनमा दुई लाख जनता सडकमा उतार्ने ओली समूहले दावी गरेको छ ।

आसभालाई नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली, महासचिव तथा अर्थमन्त्री विष्णु पौडेल, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्ट लगायतका नेताहरूले सम्बोधन गर्ने कार्यक्रम छ । 

केही दिन अगाडि नेकपा पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल समूहले पनि काठमाडौंमा प्रतिनिधिसभा विघटनविरुद्ध प्रदर्शन गरेको थियो । त्यसलाई काउन्टर दिन ओली समूहले तुलनात्मकरुपमा बलियो पकड भएको मानिने बुटवलमा श्क्ति प्रदर्शन गर्न लागेकाे हाे ।


कस्तो लाग्यो ?

यो पनि