जेठ ०६, २०८१, आइतबार
               

'ओली सरकार पाइलैपिच्छे निरंकुशतातिर'

नेपाल फ्ल्यास
फागुन ०१, २०७७

ADVERTISEMENT

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी ओलीले मुलुकलाई निरकुंशता तर्फ लैजान गरेको प्रतिनिधिसभा विघटन एकपछि अर्को गर्दै पुष्टि भएकाे बताएका छन् । 

उनले सरकार एकपछि अर्को गर्दै निरकुशंतातर्फ पाइला चाल्दै गरेकाे बताए । सरकारले प्रधानमन्त्री केपी ओलीले मुलुकलाई निरकुशंतामा बाटोमा धकेल्नका लागि संसद भंग गर्नु सामान्य विषय नभएको भन्दै मुलुकलाई जोगाउन, संविधान, लोकतन्त्र र समावेशीतालाई रक्षा गर्नका लागि आम लोकतन्त्रवादीहरुले ससक्त ढंगले प्रस्तुत हुनुपर्ने बेला आएको बताएका छन् ।

पौडेलले भिडियो अपिलमा नेपाली कांग्रेसले आयोजना गरेको फागुन ३ गते ७७ वटै जिल्लामा हुने विरोधसभामा सहभागी हुन आह्वान गरेका छन् । सरकारका पछिल्ला काम कारवाहीले मुलुकलाई निरकुंशतातर्फ धकेल्ने निहित उद्देश्यका साथ संसद भंग गरेकाे हुँदा विरोधसभामा सबैलाई उपस्थित हुन आव्हान गरे । 


कस्तो लाग्यो ?

यो पनि