जेठ ०५, २०८१, शनिबार
               

दुई लाख जनता उतारेर आज ओली समूहले बुटवलमा शक्ति प्रदर्शन गर्दै

नेपाल फ्ल्यास
फागुन ०१, २०७७

ADVERTISEMENT

काठमाडौं । आज नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रधानमन्त्री केपी शर्मा ओलीको समूहले बुटवलमा शक्ति प्रदर्शन गर्ने भएको छ । बिहान ११ बजेबाट सुरु हुने उक्त शक्ति प्रदर्शन कार्यक्रमलाई प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने स्रोतले जनाएको छ । 

अराजकताको अन्त्य, राजनीतिक स्थिरता, संविधानको रक्षा, राष्ट्रिय स्वाधीनता, ताजा जनादेश र विकासको निरन्तरताका लागि भेला र आमसभा आयोजना गरिएको बताइएको छ । 

साथै, सो कार्यक्रम बुटवल उपमहानगरपालिका–७ स्थित सिद्धेश्वर माविको प्रांगणमा गरिने जनाइएको छ । लुम्बिनी प्रदेश समितिद्वारा आयोजित उक्त प्रदर्शनमा दुई लाख जनता सडकमा उतार्ने ओली समूहले दावी गरेको छ ।

केही दिन अगाडि नेकपा पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल समूहले पनि काठमाडौंमा प्रतिनिधिसभा विघटनविरुद्ध प्रदर्शन गरेको थियो । गत पुस पाँच गते प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरेका थिए । ओलीले प्रतिनिधिसभा विघटन गरेपछि नेकपा दाहाल–नेपाल अर्कै समूह बनेको छ ।
 


कस्तो लाग्यो ?

यो पनि