जेठ ०५, २०८१, शनिबार
               

ओली समूहका को-को दुई मन्त्री तान्दैछन् प्रचण्डले ?
ओली समूहमा अन्तर्विरोध आशंका पैदा गराउने कार्ड !

नेपाल फ्ल्यास
माघ ३०, २०७७

ADVERTISEMENT

प्रचण्ड-माधवकुमार नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले  ओली समूहमा रहेका पूर्वमाओवादीका नेता आफ्नो पक्षमा तान्ने प्रयास गरिहरेको विषय सार्वजनिक भएको छ । २८ माघमा सो समूहले गरेको विरोधसभाको अन्त्यमा प्रचण्डले नै भनेका थिए, ‘केपी ओली नेतृत्वका दुई मन्त्री यता मतिर आउन वार्तामा छन् ।’

नेकपा प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केपी ओलीतिर लागेका मानिसहरू आफूहरूतिर फर्किन थालेको दाबी गरेका छन् । उनले ओली सरकारका दुईजना मन्त्री प्रचण्ड–माधव पक्षमा फर्किन चाहेको र त्यसका लागि आफूहरूसँग वार्ता भइरहेको दाबीसमेत गरे । ‘केपी ओलीलाई छोड्ने मान्छेको लाम लागेको छ । अरू त अरू, दुईजना मन्त्री पनि फर्कन मसँग वार्तामा छन्’, उनले भने ।

प्रचण्डले ओली नेतृत्वको मन्त्रिपरिषद्का दुईजना मन्त्री भने, तर नाम भने खुलाएनन् । उनको यो भनाइलाई आधार बनाएर पूर्वमाओवादीकै मन्त्री हुन भनी धेरैको अनुमान गरेका छन् । ओली नेतृत्वको मन्त्रिपरिषद्मा गृहमन्त्री रामबहादुर थापा बादल र ऊर्जामन्त्री टोपबहादुर रायमाझी, उद्योग वाणिज्यमन्त्री लेखराज भट्ट, खानेपानीमन्त्री मणि थापा, दावा तामाङ, र प्रभु साह पूर्वमाओवादी समूहका छन् । 

प्रचण्डको भाषणपछि लेखराज भट्टबाहेक अरू सबै मन्त्रीका नामको अनुमान लगाइयो प्रचण्ड–नेपाल समूहमा फर्कन वार्ता गर्नेमा । तर, ओली समूहभित्रको अन्तर्विरोधमा थप आशका पैदा गराउनमात्रै प्रचण्डले त्यसो भनेको प्रचण्ड-नेपाल पक्षकै केही नेताको तर्क छ । आफ्नो विरोधसभामा उपस्थिति भएका कार्यकर्ता तथा नागरिकका लागि थप उत्साह थप्न उनले त्यसो भनेको हुनसक्ने धेरैको अनुमान छ । 

तर, प्रचण्डले भने ओली समूहभित्र देखा परेको अन्तरसंघर्षलाई थप आशका बढाउन त्यसो भनेको बताइन्छ । पछिल्लोपटक ओलीले भूमिसम्बन्धी समस्या समाधान आयोग गठन गरे । सो आयोगमा पूर्वएमालेहरुलाई प्राथमिकता दिए ।साथै, युवा सङ्घमा समेत ओली समूहले एकलौटीरुपमा पूर्वएमालेलाई नै प्राथमिकतामा राखेका छन् । सोप्रति गृहमन्त्री बादल र ऊर्जामन्त्री मन्त्री रायमाझी असन्तुष्ट छन् । प्रचण्ड-नेपाल समूहका एक नेताले भने, ‘सोही अन्तर्विरोधको सूचना पाएका प्रचण्डले विरोधसभामा उपस्थित भएकाहरूको लागि उत्साह थप्न र ओली पक्षमा थप अन्तरद्वन्द्व बढाउन सकिन्छ भनेर दुई मन्त्रीसँग वार्ता भइरहेको बताएका हुन् ।’

प्रचण्डको त्यही अभिव्यक्तिपछि ऊर्जामन्त्री रायमाझीको सचिवालयले विज्ञप्ति जारी गरेरै  प्रचण्डसँग छलफलमा नरहेको स्पष्ट पारेको थियो । विज्ञप्तिमा ‘प्रचण्ड-नेपाल समूहसँग संवादमा नरहेको र ओली नेतृत्वको नेकपामै रहेको सन्देश दिइयो ।

सो विज्ञप्तिमा नेपाल-दाहाल समूहमा प्रवेश गर्न लागेको भन्ने हल्ला निराधार भएको दाबी थियो । साथै, पूर्वमाओवादीका अरू नेताले समेत ओलीलाई भेटेर आफू प्रचण्डसँग छलफल नरहेको र सो पक्षमा नजाने विश्वास दिएका थिए ।


कस्तो लाग्यो ?

यो पनि