जेठ ०५, २०८१, शनिबार
               

झलनाथ खनाल दिल्ली प्रस्थान

नेपाल फ्ल्यास
माघ ३०, २०७७

ADVERTISEMENT

काठमाडौं । नेकपा प्रचण्ड–माधव पक्षका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनाल भारतको नयाँदिल्ली प्रस्थान गरेका छन् । स्वास्थ्य उपचारका लागि वरिष्ठ नेता खनाल शुक्रबार बिहान ११ बजे नयाँ दिल्ली प्रस्थान गरेको उनको सचिवालयले जनाएको छ ।

खनालकी पत्नी रविलक्ष्मी चित्रकारका साथ नेपाल नेपाल वायुसेवाको नियमित उडानबाट दिल्ली गएका हुन् । ‘स्वास्थ्य परीक्षणका लागि जानुभएको हो । चार दिनपछि फर्कनुहुन्छ’, खनालका सहयोगी कृष्ण भट्टराईले बताए ।

नयाँ दिल्लीस्थित अपोलो अस्पतालमा खनालको स्वास्थ्य उपचार हुने बताइएको छ ।


कस्तो लाग्यो ?

यो पनि