जेठ ०५, २०८१, शनिबार
               

नेतृ झाँक्रीलाई गिरफ्तार गर्ने ओली सरकारले बलात्कारी र अपराधीलाई भने संरक्षण : नेपाल

नेपाल फ्ल्यास
माघ २९, २०७७

ADVERTISEMENT

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीले द्वन्द्व निम्त्याउन खोजेको बताएका छन् ।  

बिहीबार काठमाडौंमा आयोजित प्रशिक्षण भेला कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले छापामार शैलीमा नेतृ रामकुमारी झाँक्रीलाई पक्राउ गरेर प्रधानमन्त्री ओलीले द्वन्द्वलाई निम्त्याएको स्पष्ट पारे । तात्कालीन शाही शासनकालमा पनि राजसंस्थाका पदाधिकारीमाथि टिकाटिप्पणी हुने गरेको र त्यसो गरेबापत कसैलाई पक्राउ नगरिएको भन्दै उनले वर्तमान सरकारले भने दिन दहाडै हतियारसहितका प्रहरी पठाएर झाँक्रीलाई पक्राउ गर्ने काम गरेको बताए ।

अध्यक्ष नेपालले नेतृ झाँक्रीलाई अपराधीलाई पक्रे जसरी पक्राउ गरेको सरकारसँग अपराधी, भ्रष्टाचारी, तस्कर र बलात्कारीलाई गिरफ्तार गर्ने हिम्मत नभएको आरोप समेत लगाए । उनले आफ्ना अध्यक्षलाई चिडियाखानामा राखिदिने भनी अभिव्यक्ति दिने गृहमन्त्री रामबहादुर बादललाई कारवाही हुन्छ कि हुँदैन भनी प्रश्न गरे ।


कस्तो लाग्यो ?

यो पनि