जेठ ०५, २०८१, शनिबार
               

‘ओली पक्षीय मन्त्री, सांसददेखि अन्य नेताहरू मसँग निरन्तर सम्वादमा छन्’

नेपाल फ्ल्यास
माघ २९, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी प्रचण्ड-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केपी ओली समूहमा ३० प्रतिशत पनि नभएकाे दाबी गरेका छन् । आज सुकेधारामा भएकाे नेकपा काठमाडौं-सोलु सम्पर्क मञ्चकाे आयोजनामा सम्पन्न प्रशिक्षण कार्यक्रममा बाेल्दै प्रचण्डले ३० प्रतिशतबाट पनि आफ्नो समूहमा आउन थालेकाे दाबी गरे । 

आफू पक्ष मुल नेकपा भएको भन्दै प्रचण्डले ओलीपक्षका नेताहरु आफूतिर ल्याउन निरन्तर छलफल भइरहेको बताए । प्रचण्डले हिजोकाे भाषण स्मरण गराउन संकेत गर्दै भने- ‘हिजो मैले भनेअनुसार ओलीसँग भएकाहरू पनि हल्लिन थालिसकेका छन् । यता आउन थालेका छन् । आज बिहान मात्र एक सांसदसँग निर्णायक वार्ता भएकाे छ । आउने क्रम जारी छ ।’

साथै केपी शर्मा ओलीले आफू १ नम्बरकाे अध्यक्ष हुँ भन्दै मनपरी गरेकाे बताए-‘कुनै पनि समझदारी र राजनीतिक प्रतिवेदनमा अध्यक्ष १ नम्बर र २ नम्बर हुने उल्लेख थिएन ।’ साथै बुहमतकाे निर्णय मान्य हुने उल्लेख हुँदाहुँदै ओलीले नमानेकै कारण ओलीकाे सानाे समूह फुटेर गएका दाबी गरे ।


कस्तो लाग्यो ?

यो पनि