जेठ ०५, २०८१, शनिबार
               

रिहा भइन् झाँक्री

नेपाल फ्ल्यास
माघ २९, २०७७

ADVERTISEMENT

प्रहरीले नेकपा केन्द्रीय सदस्य रामकुमारी झाँक्रीलाई रिहा गरेको छ । उनी केहीबेर अघि मात्र रिहा भएकी हुन् । 

झाँक्रीमाथि लागेको अभियोगमा सोधपुछपछि कागज गराएर उनलाई बिहीबार साँझ छोडिएएको छ । पक्राउपछि उनलाई महानगरीय अपराध महाशाखा मिनभवनमा राखिएको थियो ।

रिहा हुँदै रामकुमारी झाँक्रीले आफू बिना सर्ता रिहा भएकाे बताएकी छन् । उनले भनिन् -‘चौतर्फी दबाव थेग्न नसकेपछि सरकारले मलाई रिहा गरेको हो । प्रतिगमनविरुद्धको आन्दोलन अझै सशक्त हुन्छ, बनाइन्छ’ श्रीमान पशुपति पुरीको रोहवरमा उनलाई छाडिएको प्रहरीले जनाएको छ।

प्रहरीले राज्यविरूद्धको कसूर गरेको आरोपमा झाँक्रीलाई बिहीबार मध्यान्ह पक्राउ गरेको थियो । झाँक्रीले गोरखाको एउटा भाषणमा राष्ट्रपति विद्यादेवी भण्डारीको कदमको आलोचना गरेकी थिइन् । 


कस्तो लाग्यो ?

यो पनि