जेठ ०५, २०८१, शनिबार
               

झाँक्रीको रिहाइको माग गर्दै काठमाडौंमा र्‍याली

नेपाल फ्ल्यास
माघ २९, २०७७

ADVERTISEMENT

काठमाडौं । नेकपा दाहाल- नेपाल समूहकी नेतृ रामकुमारी झाँक्री रिहाइको माग गर्दै विभिन्न संगठनले विरोध र्‍याली निकालेका छन् ।

झाक्री पक्राउसँगै बिहीबार प्रचण्ड–नेपाल समूहनिकटस्थ अनेरास्ववियु, युवा संघलगायत संगठनको अगुवाइमा विरोध र्‍याली निकालिएको हो । र्‍याली माइतीघरबाट सुरु भएको थियो । र्‍यालीका सहभागीहरूले नेतृ झाँक्रीको रिहाइको माग गर्दै सरकारविरुद्ध नारा लगाएका छन् ।

राष्ट्रपति विद्यादेवि भण्डारीलाई गालीगलौज गरेको भन्दै महानगरीय अपराध महाशाखाले बिहीबार दिउँसो रामकुमारी झाँक्रीलाई राज्यविरुद्ध कसुर गरेकाे भन्दै पक्राउ गरेको छ ।

केही दिनअघि गोरखामा भएको कार्यक्रममा राष्ट्रपतिबारे गरेको टिप्पणीलाई लिएर प्रहरीले झाँक्रीलाई पक्राउ गरेको हो । झाँक्रीलाई राज्यविरुद्धको कसुर गरेको भन्दै पक्राउ गरिएको थियो । 

 

यो पनि