जेठ ०५, २०८१, शनिबार
               

झाँक्री पक्राउ गरेर सरकारले सर्वसत्तावादी र अधिनायकवादी चरित्र देखायो : डा. कोइराला

नेपाल फ्ल्यास
माघ २९, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले रामकुमारी झाँक्रीलाई पक्राउ गरेर सरकारले सर्वसत्तावादी र अधिनायकवादी चरित्र देखाएको बताएका छन् । 

बिहीबार झाक्री पक्राउसँगै डा. कोइरालाले सामाजिकसञ्जाल ट्विटमार्फत् सो बताएका हुन् । सरकार जति रहन्छ, देश त्यति नै अनिश्चितताको भूमरीमा फस्ने सो क्रममा उनले ठोकुवा गरे । 

‘अलोकतान्त्रिक र असंवैधानिक कदमविरुद्ध बोलेकै भरमा नेकपा नेतृ रामकुमारी झाँक्रीलाई पक्राउ गरेर सरकारले सर्वसत्तावादी र अधिनायकवादी चरित्र देखाएको छ,’ कोइरालाले लेखेका छन् ।

झाक्रीलाई अपराध महाशाले बिहीबार दिउँसो गिरफ्तार गरेको थियो । झाक्री पक्राउसँगै दाहाल-नेपाल (नेकपा)ले झाक्री पक्राउ परेको केही घन्टामा विज्ञप्ति निकालेको छ । त्यस्तै, झाक्री पक्राउको विरोधमा कांग्रेस वरिष्ठ पौडेलले विरोध जनाएका छन् ।

यो पनि