जेठ ०५, २०८१, शनिबार
               

झाँक्री पक्राउप्रति कांग्रेस वरिष्ठ नेता पौडेल र थापाको आपत्ति

नेपाल फ्ल्यास
माघ २९, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारले नेकपाकी नेतृ रामकुमारी झाँक्री पक्राउ गरेर अधिनायकवादी चरित्र उदांगो पारेको बताएका छन् ।

बिहीबार पौडेलले एक विज्ञप्ती जारी गर्दै  सो कुरा बताएका हुन् । सरकारले संविधानले व्यवस्था गरेको  नागरिकको अभिव्यक्ति स्वतन्त्रतामाथि नांगो हस्तक्षेप गरेको सो विज्ञप्तिमा उल्लेख छ । 

‘सरकारले नेकपाकी नेतृ एंव निवर्तमान संसद रामकुमारी झँक्रीलाई पक्राउ गरेर आफ्नो अधिनायकवादी चरित्र उदाङ्गो पारेको छ । संविधानले व्यवस्था गरेको नागरिकको अभिव्यक्ति स्वतन्त्रता माथि नांगो हस्तक्षेप गर्दै सरकारले झाँक्रीलाई पक्राउ गरेको छ,’ उनले विज्ञप्तिमा उल्लेख छ । 

‘हामीले ल्याएको लोकतन्त्र बोल्नै नपाउने भन्ने होईन् । त्यसैले रामकुमारी झाँक्रीलाई पक्राउ गरिएको घटनाको म र मेरो पार्टी नेपाली कांग्रेस घोर भत्सर्ना गर्छ । साथै, झाँक्रीलाई विना शर्त रिहा गर्न समेत माग गर्छ ।’

त्यसैगरी,  नेपाली कांग्रेसका युवा नेता असंवैधानिक र अलोकतान्त्रिक कार्यको प्रश्न गर्दा महाराजाझै अहिले राष्ट्रपतिले झ्यालखानामा हाल्ने भनी प्रश्न गरेका छन् । 

राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध अभिव्यक्ति दिएपछि नेकपा नेतृ रामकुमारी झाँक्रीलाई पक्राउ गरेपछि नेता थापाले सामाजिक सञ्जाल ट्वीटरमार्फत् सो प्रश्न गरेका हुन् । 

सरकारले कर्तव्य निर्वाह गर्न छोडेर असंवैधानिक र अलोकतान्त्रिक कार्य गर्ने अनि त्यसमा प्रश्न गर्नेलाई झ्यालखानामा राखेर तर्साउन खोज्नेको उनको आरोप छ । 

'कर्तव्य निर्वाह गर्न छोडेर, असंवैधानिक र अलोकतान्त्रिक कार्य गर्ने अनि त्यसमा प्रश्न गर्नेलाई झ्यालखानामा राखेर तर्साउन खोज्ने? उहिले महाराजा अहिले राष्ट्रपति!' उनले लेखेका छन्, 'सरकार झ्यालखानाको संख्या थप, किनकि सत्य को पक्षमा बोल्ने मुख तिमीले देखाएको त्रासले बन्द हुँदैन।'


कस्तो लाग्यो ?

यो पनि