जेठ ०५, २०८१, शनिबार
               

झाँक्री पक्राउको विरोधमा नेकपा (दाहाल-नेपाल) समूहले जारी गर्‍यो विज्ञप्ति

नेपाल फ्ल्यास
माघ २९, २०७७

ADVERTISEMENT

काठमाडौं । नेकपा प्रचण्ड–नेपाल पक्षले केन्द्रीय सदस्य रामकुमारी झाँक्री पक्राउको विरोधमा प्रवक्ता नारायणकाजी श्रेष्ठले एक विज्ञप्ति जारी गरेका छन् । बिहीबार झाक्री पक्राउको कडा विरोध गर्दै  प्रवक्ता नारायणकाजी श्रेष्ठले एक विज्ञप्ति जारी गरेका हुन् । 

गिरफ्तारीले वर्तमान सरकारको अलोकतान्त्रिक, निरंकुश र सर्वसत्तावादी चरित्रलाई उदांगो पारेको विज्ञप्तिमा उल्लेख गरेका छ। 

सो विज्ञप्तिमा राजनीतिमा संलग्न कुनै पनि व्यक्ति वा संस्था लोकतन्त्रमा आलोचनाभन्दा माथि हुन नसक्ने उल्लेख छ । ‘राजनीतिक आलोचनालाई राज्यविरुद्धको कसुर देख्नु गम्भीर दृष्टिभ्रम, पूर्वाग्रह र स्वेच्छाचारिताबाहेक अरु केही हुन सक्दैन, जारी विज्ञप्तिमा उल्लेख छ, ‘विज्ञप्तिमा पक्राउको निन्दा गदै उनलाई अविलम्ब रिहा गर्न माग गरिन्छ ।’

यो पनि