जेठ ०५, २०८१, शनिबार
               

झाँक्री पक्राउ प्रकरण लोकतन्त्रमाथि ठाडो हमला हो : अध्यक्ष दाहाल

नेपाल फ्ल्यास
माघ २९, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेतृ रामकुमारी झाँक्रीलाई जबर्जस्ती पक्राउ गरिएको बताएका छन् ।

बिहीबार पार्टी कार्यालय कोटेश्वर, पेरिसडाँडामा आदिवासी जनजाति मगर संघको राष्ट्रिय भेलालाई संबोधन गर्दै अध्यक्ष दाहालले सो बताएका हुन् । 

‘प्रधानमन्त्री केपी शर्मा ओलीको ठाडो आदेशमा प्रहरीले झाँक्रीलाई पक्राउ गरेको छ,’ दाहालले भने, ‘पुलिसले हिजोदेखि पक्रिन बल गरेको थियो । राष्ट्रपतिको बारेमा गलत बोल्यो भन्ने नाममा प्रधानमन्त्रीको ठाडो आदेशमा पुलिसलाई जसरी पनि पक्राउ गर्नुपर्ने भन्ने थियो । हामीले हिजो बेलुकादेखि अहिले बिहानसम्म रोक्न बल गर्‍यौँ । उनीहरुले जबर्जस्ती पक्राउ गरेर लिएर गएका छन् ।’

संबोधनका क्रममा दाहालले झाक्रीको पक्राउलाई लोकतन्त्रमाथि ठाडो हमला भएको बताए ।‘लोकतन्त्रको पक्षमा विचार राख्नेहरुमाथि राज्यले अंकुश लगाउन खोजे,’ उनले भने, ‘हमला कहाँ गर्‍यो त भन्दा उत्पीडित वर्ग, जातिका प्रतिनिधिमाथि हमला गर्न खोजेका छन् । उहाँ त छिट्टै छुटि नै हाल्नुहोला । तर, पनि उनीहरुको नियत त देखियो नि कहाँ प्रहार गर्न खोज्या छन् । जसले लोकतन्त्रको पक्षमा प्रखर ढंगले आफ्नो विचारहरु राख्ने काम गर्‍यो । त्यो विचारमाथि, लोकतन्त्रमाथि ताला लगाउने, चाबी लगाउने षड्यन्त्र भएको छ ।’

 

यो पनि