जेठ ०५, २०८१, शनिबार
               

यसरी, पक्राउ परिन् झाँक्री

नेपाल फ्ल्यास
माघ २९, २०७७

ADVERTISEMENT

काठमाडौं । करिब दुई साता गोरखामा दिएको अभिव्यक्तिका कारण बिहीबार रामकुमारी झाँक्री पक्राउ परेकी छिन् ।

उनले राष्ट्रपतिलाई बडामहारानी भन्दै चुनाव लड्ने भए शीतल निवास छोडेर बालकोट नै गए हुन्छ भन्ने अभिव्यक्ति दिएकी थिइन्।

झाँक्रीलाई नियन्त्रणमा लिन बिहीबार प्रहरीको ठूलै जत्था शंखमुलस्थित उनको निवासमा पुगेको थियो। प्रहरी पक्राउका लागि घर पुग्नुअघि नै महानगरीय अपराध महाशाखाले झाक्रीलाई १० बजेसम्म प्रहरी कार्यालयमा उपस्थित हुन भनेको थियो । तर, झाँक्रीले सोधपुछका लागि फोनकै भरमा नजाने प्रतिक्रिया दिएको एक स्रोतले जानकारी दियो । 

निर्धारित समयमा झाक्री महाशाखा नपुगेपछि महाशाखाबाट सादा पोसाकमा प्रहरी उनको घरमा गएका थिए । प्रहरी उनको घरमा पुग्दा झाक्री घरभित्रबाट सञ्चारकर्मीलाई आफ्नो भनाइ राखिरहेकी थिइन् । 

सादा पोसकमा खटिएका प्रहरीले उनलाई पक्राउ गर्न भने खोजेनन् ।बरु झाँक्रीले पनि पुर्जी लिएर नआएसम्म प्रहरी कहाँ नजाने बताइन् । यति भइन्जेल झाक्रीको घरमा सञ्चारकर्मी र उनका समर्थकलगायतको भीड भइसकेको थियो । र, सरकारविरुद्ध नारबाजी पनि सुरु भइसकेको थियो ।यसै क्रममा उनले आफ्ना समर्थक र कार्यकर्तालाई घरबाटै सम्बोधन समेत गरिन्।

यतिबेलासम्म प्रहरीले पक्राउ पुर्जी ल्याइसकेको थियो । पुर्जी प्राप्त भएसँगै उनी गिरफतार हुन तयार भइन् । 

झाँक्रीले प्रहरीसँग जानुअघि उपस्थित सबैलाई सम्बोधन गरिन्। र, आफैँले गिरफ्तारी दिएको बताइन्।

यसका अलावा उनले बुधबार प्रचण्ड-नेपाल समूहले गरेको कार्यक्रममा उनले राष्ट्रपतिलाई कटाक्ष गरेकी थिइन्। त्यति मात्र नभएर उनले बुधवार मुखमा कालो पट्टी बाँधेर लोकतन्त्रमा बोल्न नपाइने छैन भन्दै साङ्केतिक विरोधसमेत जनाएकी थिइन्।

 


कस्तो लाग्यो ?

यो पनि