जेठ ०५, २०८१, शनिबार
               

पक्राउ परिन् झाँक्री

नेपाल फ्ल्यास
माघ २९, २०७७

ADVERTISEMENT

नेकपा दाहाल–नेपाल समूहकी नेत्री रामकुमारी झाँक्री पक्राउ परेकी छिन् । झाक्रीलाई बिहीबार अपराध महाशाले उनको आफ्नै निवासबाट नियन्त्रणमा लिएको हो । उनलाई सोधपुछका लागि मात्रै नियन्त्रणमा लिएको महाशाखाले बताएको छ । यसअघि उनलाई महानगरीय प्रहरीले सोधपुछका लागि बोलाएको थियो ।

सादा पोसकका प्रहरी शंखमूल पुगेका थिए । झाँक्रीले उनीहरूलाई पहिले पक्राउ पुर्जी लिएर आउन भनेकी थिइन् । प्रहरीले पक्राउ पुर्जी लगेपछि उनले गिरफ्तार भएकी हुन् । 

उनीमाथि राष्ट्रपतिविरुद्ध गालीगलौज र मानमर्दन हुने गरी अभिव्यक्ति दिएको आरोप छ । 
पुर्जीमा राज्यविरुद्धको कसुरअन्तर्गत दफा ५८ अनुसार पक्राउ गरिएको उल्लेख छ । उक्त दफामा राष्ट्रपति वा संसद्लाई धम्की दिन नहुने उल्लेख छ ।

झाक्री पक्राउ परेसँगै उनका समर्थक सरकारविरुद्ध नाराबाजी लगाइरहेका छन् ।

गिरफ्तारसँगै झाक्रीले नागरिकले सडकमा विद्रोहको भाषा बोल्न नपाउने भन्ने नहुने बताउँदै  तानाशाह  ढल्ने बेलामा यस्तै हुने प्रतिक्रिया दिएकी छन् ।

‘हामीले कहिल्यै नखोसिने लोकतन्त्र ल्याएका थियौं । संविधानमाथि आक्रमण भएको छ । संसद विघटन गरेर प्रतिगमनका विरुद्धमा हामीले संघर्ष गर्दा अभिव्यक्त विचारका आधारमा आज ओली नेतृत्वको सरकारले पक्राउ गरेको छ,’ झाक्रीले भनिन्, ‘पक्राउ पुर्जीका आधारमा म आफ्नै निवासबाट गिरफ्तारी दिँदै छु ।’ 

यो पनि