जेठ ०५, २०८१, शनिबार
               

रामकुमारी झाँक्रीलाई नियन्त्रणमा लिन निवासमा प्रहरी

नेपाल फ्ल्यास
माघ २९, २०७७

आफ्नो निवासभित्र रामकुमारी झाँक्री ।
ADVERTISEMENT

काठमाडौं । नेकपा नेकपा प्रचण्ड–माधव समूहकी नेतृ रामकुमारी झाँक्रीलाई पक्राउ गर्न पाटनस्थित उनको निवासमा प्रहरी पुगेको छ । 

झाँक्रीले भने आफ्नो मामिला राजनीतिक भएकोले पक्राउ पूर्जी लिएर आउन प्रहरीलाई भनेकी छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीबारे गोरखामा दिएको अभिव्यक्तिलाई लिएर प्रहरीले उनलाई सोधपुछका लागि भन्दै नियन्त्रणमा लिन लागेको हो । 

उनले राजनीतिक अभिव्यक्तिको विषयमा प्रकाउ गर्न खोज्नु लोकतन्त्रकै धज्जी उडाउनु भएको प्रतिक्रिया निवासमा उपस्थित पत्रकारहरूलाई दिएकी छन् ।

शंखमुलस्थित निवासमा अहिले ठूलो संख्यामा प्रहरी खटाइएको छ । उता झाँक्रीका समर्थकहरूले भने प्रहरी र सरकारविरुद्ध नाराबाजी गरिरहेका छन् ।

 

यो पनि