जेठ ०५, २०८१, शनिबार
               

प्रचण्डले आफूसँग वार्ता गरिरहेकाे भनी दाबी गरेका २ मन्त्री को-को हुन् ?

नेपाल फ्ल्यास
माघ २९, २०७७

ADVERTISEMENT

बुधबार नेपाल कम्युनिस्ट पार्टी प्रचण्ड-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले प्रधानमन्त्री केपी शर्मा ओलीको मन्त्रिमण्डलमा बहालवाला दुईजना मन्त्री आफ्नो समूहमा फर्कन लागेको दाबी गरेपछि 'उनीहरू काे-काे हुन् ?' भनेर बालुवाटारमा चासाे बढेकाे बुझिएकाे छ ।

सरकारले गरेकाे असंबैधनिक कदमविरुद्ध हिजो भएकाे विरोधसभामा प्रचण्डले दुई मन्त्री फर्कने बताएका थिए-‘हामी कहाँ फर्कनेको लामो लिष्ट छ,’ प्रचण्डले भने,‘उहाँले नै बनाएका दुईजना मन्त्री फर्कन मसँग वार्ता गरिरहेका छन् ।’ दुई मन्त्री फर्कनका लागि प्रचण्डसँग समेत कुराकानी गरिसकेको विषय उठेपछि बालुवाटारमा पहिचान गर्न खोजिएको छ । प्रधानमन्त्री ओलीकाे मन्त्रिमण्डलमा पूर्वमाओवादीबाट ७ जना मन्त्री भएका छन्  ।

यतिबेला प्रधामन्त्री ओलीसँग गृहमन्त्री रामबहादुर थापा 'बादल' असन्तुष्ट छन् । विशेषगरी युवा संघको पुर्नगठनपछि उनी असन्तुष्ट बनेका हुन् । सरकार छाडेर जाने सम्भावितमा दावा लामा, टोपबहादुर रायमाझी, प्रभु शाह, मणिचन्द्र थापा र गौरीशंकर चौधरी पनि हुनसक्छन् । पूर्वमाओवादीबाट मन्त्री बनेका लेखराज भट्टबाहेककाे चर्चा हुन थालेकाे छ । भट्ट कैलाली निर्वाचन क्षेत्र नम्बर ४ निर्वाचित भएका हुन् । 


कस्तो लाग्यो ?

यो पनि