जेठ ०५, २०८१, शनिबार
               

भारतसँग प्रचण्डको आग्रह ‘नेपालमा लोकतन्त्रको हत्या भएको छ, हामी सहयोग र सद्भाव चाहेका छौँ

नेपाल फ्ल्यास
माघ २८, २०७७

ADVERTISEMENT

नेकपा प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले प्रतिनिधिसभा विघटनविरुद्ध छिमेकी देश र अन्तर्राष्ट्रिय शक्ति केन्द्रहरूको सहयोगको याचना गरेका छन् । बुधबार काठमाडौंमा आयोजित विरोध सभालाई सम्बोधन गर्दै प्रचण्डले संविधानको रक्षाका लागि साथ दिन अनुरोध गरेका हुन् । विगतमा सार्वजनिक सभा तथा विभिन्न अन्तरवार्तामा विदेशी शक्तिको सहायता मागेका प्रचण्डले बृहत् जनप्रदर्शनमा समेत सोही माग दोहोर्‍याए ।

विशेष गरी भारतप्रति लक्षित गर्दै प्रचण्डले लोकतन्त्र, संविधान र गणतन्त्रका निम्ति आफूसँगको आन्दोलनको पक्षमा सद्भाव राख्न अपिल गरे । उनले भने ‘म सबै छिमेकी खास गरी नजिकको छिमेकी संसारकै सबैभन्दा ठूलो लोकतान्त्रिक मुलुक भनिने छिमेकीबाट नेपालमा लोकतन्त्रको हत्या भएको छ, हामी सबै लोकतान्त्रिक देशबाट सहयोग र सद्भाव चाहेका छौँ ।’

यसअघि प्रचण्ड र माधव नेपालले माघ २७ मा काठमाडौंस्थित विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यम प्रतिनिधिहरूलाई बोलाएर अन्तरक्रिया समेत गरेका थिए । जसमा उनीहरूले जोडतोडले एउटै आग्रह गरे ‘हाम्रो आन्दोलनलाई भारत, चीन, अमेरिका लगायतका देश र अन्तर्राष्ट्रिय समुदायले समर्थन गरिदिनु पर्‍यो ।’ 

खुट्टा नकमाउन काँग्रेसलाई आग्रह

‘प्रचण्ड’ले प्रधानमन्त्री ओलीको निरङ्कुशता परास्त गर्ने आन्दोलनमा आउन खुट्टा नकमाउन काँग्रेसलाई पनि आग्रह गरे । संयुक्त आन्दोलन गर्नेबारेमा काँग्रेसले अनिच्छा देखाएको प्रति सङ्केत गर्दै काँग्रेसका सबै नेता कार्यकर्ताले पार्टीका आफ्ना नेताहरूले गरेको योगदानको स्मरण गर्न आग्रह गरे ।

‘लोकतान्त्रिक आन्दोलनको नेताको छवि बनाएको नेपाली काँग्रेस र सङ्घीय लोकतान्त्रिक गणतन्त्रको छवि बनाएको जनता समाजवादी लगायतका पार्टीहरू अव कुनै भ्रममा पर्न आवश्यक छैन’ प्रचण्डले भने, ‘कन्फ्युजन पनि हुन पर्दैन हामी सबैले भनेकै छौँ । शान्ति सम्झौताको हस्ताक्षर गिरिजाप्रसाद कोइरालाले गर्नुभएको हो र, संविधान सभाबाट पहिलो सङ्घीय लोकतान्त्रिक गणतन्त्रको घोषणा गर्ने काम पनि प्रधानमन्त्रीको रुपमा गिरिजाप्रसाद कोइरालाले गरेको हो ।’ 

अहिले गिरिजाबाबु र सुशील कोइराला नभए पनि शेरबहादुर देउवा रहेको बताउँदै प्रचण्डले शान्ति सम्झौता गर्ने, संविधानसभा गर्ने र संविधान निर्माणमा लाग्ने प्रमुख नेता भएको भन्दै मक्ख पार्ने प्रयास गरे । उनले नेपाली काँग्रेसका नेता कार्यकर्तालाई अपिल गर्दै यो अवसर गुम्न नदिन आग्रह पनि गरे । ‘यसको घात हुँदाखेरी त्यो लोकतान्त्रिक पार्टीले अव संयुक्त आन्दोलन गर्ने, केपीको निरंकुशतालाई सदाका लागि परास्त गर्ने र देशमा लोकतन्त्र खतरामा छैन भनेर पुष्टि गर्ने बेला काँग्रेसलाई यो अवसर हो’, प्रचण्डको भनाइ छ ।  


कस्तो लाग्यो ?

यो पनि