बैशाख २१, २०८१, शुक्रबार
               

‘केपी ओलीजी तपाईंतर्फका केही नेता मसँग आउन वार्तामा छन्’

नेपाल फ्ल्यास
माघ २८, २०७७

ADVERTISEMENT

काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केपी ओली समूहमा रहेका दुुई नेता आफूहरुतर्फ आउन लागेको बताएका छन् ।

बुधबार सो समूहले काठमडौंमा गरेको जनप्रदर्शनलाई संबोधन गर्ने क्रममा उनले उक्त कुरा बताएका हुन् । ‘केपी ओलीलाई छोड्ने मान्छेको लाम लागेका छन्, उनले भने, ‘अरु त अरु, दुईजना मन्त्री पनि फर्कन मसँग वार्तामा छन् ।’

उनले प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा दिएर पशुपतिनाथतिर जान सुझाव दिए ।  ‘तुरुन्त राजीनामा गरेर पशुपतितिर लाग्नुहोस्, उहाँ जनताको शरणमा भन्दा भगवानको शरणमा जानुभएको छ,’ उनले भने, ‘आफूहरुले नेपाली जनतालाई नै भगवान् मानेका छौँ । हाम्रो भगवान् नेपाली जनता हो । हामी तपाईंको शरणमा छौँ ।’


कस्तो लाग्यो ?

यो पनि