जेठ ०५, २०८१, शनिबार
               

सर्वोच्चलाई प्रचण्डको धम्की: यो सभा र भीडलाई देख्नुभएकै होला
‘लडाइँ जितेनौँ भने अर्को पटक १० लाख जनताले सिंहदरबार घेर्छौँ’

नेपाल फ्ल्यास
माघ २८, २०७७

ADVERTISEMENT

काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सर्वोच्च अदालतलाई धम्काएका छन् । प्रतिनिधिसभा विघटनको मुद्दामा आफ्नो पक्षमा फैसला गर्न आग्रह गर्दै प्रचण्डले सर्वोच्च अदालत र त्यहाँका न्यायाधीशलाई धम्क्याएका हुन् । यसअघिको विरोधसभामा राखेकै भाषा दोहोर्‍याउनै बुधबार पनि प्रचण्डले पख्लास् र देख्लास्को भाषा बोलेका हुन् । 

यसअघिको सभामा ‘संसद् पुन:र्स्थापना नगर्ने हो भने जनताले ठिक पार्नेछन् । हेरौँला, अदालतले दायाँबायाँ कसरी गर्दोरहेछ र ?’ भन्ने बाहुबली प्रकृतिको भाषा पुन: दोहोलोर्‍याए । आफ्नो पक्षमा फैसला नआएमा सडक आन्दोलनमार्फत् आफूहरूले जनताको पक्षमा फैसला गर्ने भन्दै उनले धम्कीको भाषा प्रयोग गरे ।

प्रचण्डले भने, ‘यो आजको सभा र जनताको भीडलाई सर्वोच्चको न्यायधीशहरुले पनि देख्नुभएको छ होला । अब ढिलो नगरी जनताको जनभावनाअनुसार फैसला आउँछ भन्ने विश्वास गरेको छु । यदि यसो भएन भने मुलुक विद्रोहमा जानेछ ।’

यतिमै प्रचण्ड रोकिएनन् । भीडबाट थप ताली र हुटिङ आएपछि उनले थप धम्कीको भाषा बोलिरहे । प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा फैसला नगर्नसमेत न्यायाधीशलाई आग्रह गरे । 

उनले भने, ‘आजको यो भीडले अदालतलाई सहज भएको छ । लोकतन्त्रको पक्षमा फैसला भएन भने त्यो भएन आँधी आउँछ, हुरी आउँछ । कसैले थाम्न सक्दैन । शान्तिपूर्ण क्रान्ति हुन्छ । केपी ओलीसँग डराएर उनको पक्षमा फैसला आउँछ भन्ने विश्वास गर्ने ।’

लडाइँँ आफूहरूले जित्नैपर्ने बताउँदै प्रचण्डले आफूले भनेजस्तो नभएमा अर्कोपटक १० लाख जनता ल्याएर सिंहदरबार र बालुवाटार घेर्ने चेतावनी दिए ।

अदालत र न्यायधीशप्रति लक्षित गर्दै धम्काएका प्रचण्डले निर्वाचन आयोगलाई समेत छाडेनन् । उनले भने, ‘भनौँ भने बिग्रने पो हो कि, आयोगको चाल पनि गतिलो देख्या छैन । केपीको पक्षमा फैसला आयो भने तपाईंको घुट्टी पनि जनताले देख्याछन् । सामन्तीको शासन फाल्ने जनताले तपाईंलाई पनि ढाल्न सक्छन् । त्यसैले संवैधानिक पदमा रहेका व्यक्तिहरूले विचार गरे हुन्छ । हामी पछि सबैको हिसाब गर्छौँ। काइते कुराको पछि नलाग्नुस् ।’

संवैधानिक निकाय र पदाधिकारीलाई धम्काएपछि प्रचण्डले आफूले कसैलाई नधम्काएको जिकिर गरे । उनले भने, ‘फेरि मैले धम्कायो भनेर भन्लान्, मैले कसैलाई केही भन्या छैन । अदालतलाई बरु मैले छिटो फैसला गर्नुभन्या छु ।’


कस्तो लाग्यो ?

यो पनि