जेठ ०५, २०८१, शनिबार
               

थाहा छैन, ओलीजीलाई पशुपतिले कहाँ पुर्‍याउँछन् : नेता पन्त

नेपाल फ्ल्यास
माघ २८, २०७७

ADVERTISEMENT

संसद‍् विघटनको विरोधसभामा बोल्दै प्रचण्ड-नेपाल समूहका स्थायी समिति सदस्य रघुजी पन्तले प्रधानमन्त्री केपी शर्मा ओलीलाई व्यंग्य गरेका छन् । 

उनले व्यंग्य गर्दै भने, 'राजा वीरेन्द्रले सम्बोधनको अन्त्यमा भन्थे, पशुपतिनाथले हामी सबैको कल्याण गरून् । उनको वंश नाश भयो । त्यसै भन्ने राजा ज्ञानेन्द्र नारायणहिटीबाट नागार्जुन पुगे,’ पन्तले भने, ‘थाहा छैन, ओलीजीलाई पशुपतिले कहाँ पुर्‍याउँछन् ?’ 

सभामा बोल्दै पन्तले प्रधानमन्त्री ओलीले सोही सभामा एकातिर आफ्नो कार्यकालमा इतिहासमै धेरै विकास भएको बताएको र अर्कातिर प्रचण्ड र माधवकुमार नेपालले काम गर्न नदिएको विरोधाभाषपूर्ण कुरा गरेको बताउँदै केपी ओलीकाे कुन भाषण ठीक छ भन्दै प्रश्न गरेका छन्, 'मेराे पालामा जति विकास कहिल्यै भएन भनेकाे पाँच मिनेटपछि मलाई माधव नेपाल र प्रचण्डले काम गर्नै दिएन भनेका थिए ।'

उनले कामै गर्न नदिएकाे प्रधानमन्त्रीले कहिल्यै नभएकाे विकास गरे भन्दै प्रश्न गरेका हुन् । उनले भने 'विकास धेरै भएकाे हाे कि काम गर्नै नदिइएकाे हाे ?'


कस्तो लाग्यो ?

यो पनि