जेठ ०५, २०८१, शनिबार
               

ओली झुटलाई पेन्टिङ गरेर सत्य जस्तो देखाउने तानाशाह : रामचन्द्र झा

नेपाल फ्ल्यास
माघ २८, २०७७

ADVERTISEMENT

नेकपा प्रचण्ड-नेपाल समूहका केन्द्रीय सदस्य रामचन्द्र झाले प्रधानमन्त्री केपी ओली झुटलाई पेन्टिङ गरी सत्य नै हो कि जस्तो देखाउने तानाशाह भएको दाबी गरेका छन् । 

‘ओलीको राष्ट्रवाद खोक्रो हो। राष्ट्रियता नजोगाउने र विकास विरोधी मानिस हो,’ उनले भने, ‘उनले न विकास गरे न देश बनाए।’ प्रचण्ड-नेपाल समूहकाे विरोधसभामा सम्बोधनका क्रममा उनले पटकपटक सायर र गजल बाचन गर्दै ओली प्रवृतिविरुद्ध व्यङ्ग गरे। 

प्रधानमन्त्री ओलीले भन्ने गरेको विकास कमिसन खाएर भ्रष्टाचार गर्नका लागि मात्र भएको भन्दै झाले भने, 'नदीमा पानीजहाज चलाउने भन्ने कुरा नेपालका नदीको पानी डाइभर्ट गरेर भारततर्फ पठाउने उद्देश्यबाट प्रेरित छ ।'


कस्तो लाग्यो ?

यो पनि