बैशाख २६, २०८१, बुधबार
               

प्रधानमन्त्रीले पुस ५मा कालो दिनलाई आमन्त्रण गरे : नेता देव गुरुङ

नेपाल फ्ल्यास
माघ २८, २०७७

ADVERTISEMENT

काठमाडौं । नेकपा दाहाल-नेपाल समूहका नेता प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५मा कालो दिनलाई आमन्त्रण गरेको बताएका छन् । 

काठमाडौंमा भएको प्रदर्शनसभालाई संबोधन गर्ने क्रममा उनले सो कुरा बताएका हुन् । संविधान कोमामा पुर्‍याएर प्रधानमन्त्री ओलीले मनपरीतन्त्र चालाएको बताउँदै उनले कामचालाउ सरकारले नीति निर्माण र मन्त्रिपरिषद् बैठक चलाउन नपाउने बताए । 

संबोधनका क्रममा प्रधानमन्त्रीको कदमविरुद्ध उनले जनता एकजुट हुन आवश्यक रहेको बताए  । नेपालको संविधानले चिन्ने भनेको पाँच वर्षको समयावधिलाई चिन्ने बताउँदै उनले चुनाव हुन नसक्ने बताउँदै प्रधानमन्त्री  रबर स्ट्याम्प बन्न खोजेको बताए । 

त्यसैगरी, उनले समावेशी, आदिवासी जनजातिको हक रक्षाका लागि रक्षाका लागि हिमाल तराई सबै क्षेत्रका मानिस एक हुन आवश्यक रहेको बताए । 

 

 

 


कस्तो लाग्यो ?

यो पनि