जेठ ०५, २०८१, शनिबार
               

कागजी बादशाह ढलिसके, अब घोषणा गर्न मात्रै बाँकी छ: नेतृ झाक्री

नेपाल फ्ल्यास
माघ २८, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)की नेतृ रामकुमारी झाँक्रीले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) की नेतृ रामकुमारी झाँकीले प्रधानमन्त्री केपी शर्मा ओली कागजी बादशाह भएको बताउँदै कागजी बादशाह ढल्न मात्रै बाँकी रहेको बताएकी छिन् । 

पुस ५ मा भएको संसद् विघटनको विरुद्धमा देशभर प्रदर्शन गर्दै आएको नेकपा दाहाल-नेपाल समूहले गरेको विरोध प्रदर्शनलाई  संबोधन गर्ने क्रममा उनले सो कुरा बताएकी हुन् । 

कवितात्मक शैलीमा आफ्नो मन्तव्य सरु गरेकी झाक्रीले सार्वभौमसत्तासम्पन्न नागरिकको बोल्न पाउने अधिकारलाई कसैले पनि रोक्न नसक्ने बताएकी छिन् ।

प्रधानमन्त्री केपी शर्मा ओली कागजी बादशाह भएको र अब ढल्न मात्रै बाँकी रहेको बताइन् । उनले भनिन्, ‘अन्तिम अवस्थामा राज्यको स्रोतसाधन दुरुपयोगको काममा ओली व्यस्त छन् ।’

राष्ट्रपति संस्था बलिदानीबाट प्राप्त भएको भन्दै झाँक्रीले निरंकुशताको पात्रको विरुद्धको बोल्न पाइने बताइन् । खत्रपात्रको विषयमा कुरा उठाउँदा महिलाविरुद्ध बोलेको नहुने तर्क अघि सार्दै उनले भनिन्, ‘सार्वजनिक पदमा बसेका व्यक्तिको गलत कामबारे बोल्न पाउनुपर्छ ।’ 

सोही क्रममा उनले राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री ओलीका हरेक कदमलाई समर्थन गरेको आरोप लगाइन् । ‘आफ्नो भूमिका बिर्सेर तानाशाह बन्दै गरेका प्रधानमन्त्रीलाई राष्ट्रपतिले सहयोग गरिन्।’


कस्तो लाग्यो ?

यो पनि