जेठ ०६, २०८१, आइतबार
               

भ्रष्टचार नियन्त्रणमा कडाइका साथ प्रस्तुत हुन राष्ट्रपतिको निर्देशन

नेपाल फ्ल्यास
माघ २८, २०७७

ADVERTISEMENT

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले भ्रष्टचार नियन्त्रणमा कडाइका साथ प्रस्तुत हुन सम्बन्धित निकायलाई निर्देशन दिएकी छिन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३० औँ स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई संबोधन गर्दै उनले सो कुरा बताएकी हुन् । 

‘मुलुकमा भ्रष्टाचारको प्रभावकारी नियन्त्रण हुन सकेन भने राज्यका स्रोतको दुरुपयोग भई समग्र राज्य प्रणालीलाई नै जर्जर बनाउने हुँदा भ्रष्टाचार नियन्त्रणका लागि कडाइका साथ प्रस्तुत हुन जरुरी देखिन्छ,’ राष्ट्रपति भण्डारीले भनिन्, ‘राजनीतिक आर्थिक, सामाजिक लगायत समग्र पक्षमा हुनसक्ने गैरकानुनी विचलनलाई समुलरुपमा अन्त्य गर्न सके मात्र भ्रष्टाचार न्यूनीकरण हुन सक्छ ।’


कस्तो लाग्यो ?

यो पनि