जेठ ०६, २०८१, आइतबार
               

अख्तियारको काममाथि सरकारले हस्तक्षेप गर्दैन: प्रधानमन्त्री

नेपाल फ्ल्यास
माघ २८, २०७७

ADVERTISEMENT

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको काममाथि सरकारले हस्तक्षेप नगर्ने बताएका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३०औँ स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले सो बताएका हुन् । आयोगलाई निष्पक्ष ढंगले काम गर्ने वातावरण निर्माणका लागि सरकार तयार रहेको उनले बताए । 

अख्तियारलाई दबाब र प्रभावमा पार्ने काम नगर्न चेतावनी दिँदै उनले भने, अख्तियार लाचार छायाँ होइन । सरकारबाट आयोगमाथि कुनै हस्तक्षेप हुँदैन । आफ्नो कर्तव्य निष्पक्ष ढंगले पूरा गर्नु । यसमा भनसुन, दबाब, टाउकाको माया छ कि छैन भनेर धम्की दिने काम नगरे हुन्छ, त्रासबाट मुक्त भएर काम गर्नु । सुरक्षाको व्यवस्था सरकारले गर्छ,’ ओलीले भने, निर्वाचनपछि अख्तियारको कानुन पारित भएर आउँछ ।’ 

अख्तियारले विगत २० वर्षमा सकारात्मक योगदान पुर्‍याएको भन्दै अख्तियारले निर्दोष मानिसलाई मुद्दा लगाएर दुःख दिन नहुने बताउँदै उनले अख्तियारले निर्दोष मान्छेमाथि आरोप लगाउने र मुद्दा दायर गर्न नहुने उनले बताए । 

‘अख्तियारले मुद्दा दायर गर्नुभन्दा अगाडि तथ्यहरुका आधारमा एकिन गरेर मात्र मुद्दा दर्ता गर्नुपर्छ,’ उनले भने, ‘अख्तियारबाट दोषीहरु थर्कमान हुनुपर्छ । अख्तियारले कारबाही गर्न नसक्ने ठाउँ छैन् भनेर काम गर्नुपर्छ ।’

सो क्रममा उनले नेपालमा भ्रमष्टाचार कन्ट्रोल हुने दाबी गर्दै उनले सञ्चारमाध्यमले भ्रष्टाचारबारे सत्यतथ्य विषय बाहिर ल्याउनुपर्ने बताए ।

त्यसैगरी, प्रधानमन्त्री ओलीले सबैलाई भ्रष्टाचारीको आँखाले हेर्न नमिल्ने बताउँदै उनले सरकारले विकास गरेका नागरिक एपहरुले भ्रष्टाचार नियन्त्रणमा सहयोग पुर्‍याउने बताए । सो क्रममा उनले भने, ‘नागरिक एपले भ्रष्टाचार नियन्त्रणमा सहयोग पुर्‍याउनेछ ।


कस्तो लाग्यो ?

यो पनि