जेठ ०६, २०८१, आइतबार
               

जुलुसका कारण उपत्यकाको ट्राफिक व्यवस्था अस्तव्यस्त

नेपाल फ्ल्यास
माघ २८, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी, नेकपा प्रचण्ड-माधव समूहले माइतीघर, पुल्चोक, लैनचौर, केशरमहल, त्रिपुरेश्वर र जमलबाट जुलुस निकालेको छ । 

पुस ५ मा प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेसँगै सोप्रति असन्तुष्टि जनाउँदै सडकमा आएको नेकपा दाहाल-नेपाल समूहले बुधबार (आज) पनि जुलुस निकालेको हो ।

प्रधानमन्त्रीको संसद् विघटनलाई असंवैधानिक र प्रतिगमनको संज्ञा दिँदै देशभर विरोध र प्रदर्शन गरेको सो समूह नेकपाले बुधबार पनि काठमाडौंमा प्रदर्शन गरेको हो ।

यसअघि प्रचण्ड-माधव समूहले पुस १४ र माघ ९ मा काठमाडौंमा जनप्रदर्शनसहित विरोधसभा गरेको थियो । तर, उनीहरुको प्रदर्शनलाई केपी शर्मा ओलीले व्यंग्य गर्दै त्यस्तो पनि प्रदर्शन हुन्छ प्रदर्शन कस्तो हुन्छ भन्ने थाहा पाउन माघ २३ गते हेर्नु भनी चेतावनी दिएका थिए । प्रधानमन्त्रीको सो चेतावनीसँगै दाहाल-नेपाल समूहले माघ २८ गते (आज) काठमाडौंमा पुन: प्रदर्शन गर्ने घोषणा गरेको थियो ।

सोहीबमोजिम यतिखेर  नेकपा दाहाल-नेपाल समूहले उल्लेखित स्थानबाट जुलुस निकाल्ने क्रम जारी छ । सबैतिर बाट निस्किएको जुजुस सुन्धारामा मिसिने जनाइएको छ । 

विरोधसभालाई अध्यक्ष प्रचण्डसहितका शीर्ष नेताहरुले सम्बोधन गर्नेछन् । विरोधसभामा सहभागी गराउन प्रचण्ड-माधव समूहले विभिन्न  जिल्लाबाट कार्यकर्ता तथा समर्थक काठमाडौंमा उतारेको छ । सो समूहको जुलुस तथा विरोधसभाका कारण काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापन अस्तव्यस्त भएको छ ।

संसद् विघटनविरुद्ध आन्दोलनरत प्रचण्ड-माधव समूहले यो विरोधसभा नै निणर्यायक हुने बताएको छ । 

यो पनि