जेठ ०६, २०८१, आइतबार
               

फागुन ३ गते कांग्रेसले ७७ वटै जिल्लामा विरोध कार्यक्रम गर्छ : नेता खाँण

नेपाल फ्ल्यास
माघ २७, २०७७

ADVERTISEMENT

बुटवल । नेपाली कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाँणले केपी शर्मा ओली प्रधानमन्त्रीदेखि नै संविधानविरोध काम सुरु गरेको बताएका छन् । 

मंगलबार लुम्बिनी प्रेस क्लब रुपन्देहीले भैरहवामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै खाँणले सो कुरा बताएका हुन् । मानवअधिकार आयोग र राष्ट्रिय सुरक्षाको मुद्दालाई कमजोर बनाउन ओलीले विधेयक ल्याएको उनले बताए । 

‘अभिव्यक्ति र प्रेस स्वतन्त्रतालाई बन्देज लगाउने कानुन बनाउने कार्यमा प्रधानमन्त्री बनेदेखि नै ओली लागेका थिए । संविधानको प्रतिकूलमा ओलीले थुप्रै विधेयक ल्याउनुभयो । सेनालाई एक्लै चलाउने खालको विधेयक ल्याउनुभयो, पछिल्लोपटक त झनै राष्ट्रिय सुरक्षा परिषद्को अध्यादेश संविधानविपरीत ल्यानुभयो,’ उनले भने।

नेपाली कांग्रेसले संसद् विघटनविरुद्ध प्रतिनिधिसभा, प्रदेशसभा, गाउँ, नगर, पालिकास्तरीय क्षेत्रमा विभिन्न विरोधका कार्यक्रमहरु गरेको बताउँदै उनले आगामी फागुन ३ गते ७७ वटै जिल्लामा विरोध कार्यक्रम गर्ने बताए । 

‘संसद् विघटनको मुद्दामा न्यायपालिकाले संविधानसम्मत र संविधानको प्रावधानअनुसार उचित निर्णय गर्ने हामीले आशा र भरोसा गरेका छौँ,’ सो क्रममा उनले भने, ‘न्यायपालिका एउटा स्वतन्त्र र विवेकशील, संविधानसम्मत रुपमै गठित न्यायपालिका हो, न्यायपालिकाले कतिपय सन्दर्भमा संविधानको व्याख्या गर्छ ।’

यो पनि