जेठ ०५, २०८१, शनिबार
               

प्रतिनिधिसभा विघटनविरुद्ध अन्तर्राष्ट्रिय समर्थन जुटाउने प्रयास जारी छ : प्रचण्ड

नेपाल फ्ल्यास
माघ २७, २०७७

ADVERTISEMENT

काठमाडौं । नेकपा दाहाल–नेपाल समूहले प्रतिनिधिसभा विघटनविरुद्धको आन्दोलनमा अन्तर्राष्ट्रिय समुदायको समर्थन जुटाउने प्रयास भइरहेको बताएका छन्। 

अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा आबद्ध सञ्चारकर्मीसँगको कुराकानीका क्रममा मंगलबार नेकपा दाहाल-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहालले सो कुरा बताएका हुन् । ‘चीन, भारत, अमेरिका र युरोपेली युनियनलगायत लोकतिन्त्रक पक्षधर समर्थनको खोजी भइरहेको छ,’ दाहालले भने, ‘अन्तर्राष्ट्रिय समर्थन जुटाउन अलग-अलग कुरा भइराखेको छ ।’

प्रतिनिधिसभा विघटन संविधान, संघीय लोकतान्त्रिक गणतन्त्र र शान्ति प्रक्रियामाथि प्रहार भएको बताउँदै अध्यक्ष दाहाललले अन्तर्राष्ट्रिय समुदायसँग छिट्टै संयुक्त छलफल हुनसक्ने बताए । कुराकानीकै क्रममा सञ्चारकर्मीको जिज्ञासको जवाफ दिने क्रममा दाहालले सर्वोच्च अदालतले संविधानको भावनाअनुसार फैसला गर्नेमा आफू विश्वस्त रहेको बताए ।

‘प्रधानमन्त्रीनिकट मानिसहरुले सेटिङ भइसकेको छ, सर्वोच्च र निर्वाचन आयोगले हामीले भनेअनुसार नै निर्णय गर्छ भनेर तलसम्म प्रचार गरे पनि त्यस्तो हुँदैन,’ उनले भने, ‘अदालतप्रति हाम्रो पूर्ण विश्वास छ । तर, असंवैधानिक र अलोकतान्त्रिक ढंगले जबर्जस्ती निर्वाचन भनिए त्यसलाई सहज ढंगले लिनसक्ने स्थिति रहँदैन ।’

सोही क्रममा उनले प्रधानमन्त्री केपी शर्मा ओली हिन्दू महासंघको अध्यक्ष कि कम्युनिस्ट पार्टीको अध्यक्ष भनी अनभीज्ञता प्रकट गरे । धर्मप्रति आफ्नो कहीकतै नकारात्मकता नभएको बताउँदै उनले राज्य धर्मनिरपेक्ष हुनुपर्ने बताए ।


कस्तो लाग्यो ?

यो पनि