बैशाख २३, २०८१, आइतबार
               

मदन भण्डारीको हत्यासँग जोडिएका लामाको मृत्यु किन रहस्यमय : लेखराज भट्ट

नेपाल फ्ल्यास
माघ २६, २०७७

ADVERTISEMENT

काठमाडौं । नेकपा ओली समूह (नेकपा) का नेता लेखराज भट्टले मदन भण्डारीको हत्यासँग जोडिएका अमर लामाको मृत्युबारे धेरै रहस्य रहेको बताएका छन् ।

सुदूरपश्चिम प्रदेश आफूनिकट प्रेस संगठन नेपालको भेलालाई संबोधन गर्ने क्रममा मदन भण्डारी हत्यामा ओलीबारे हल्ला फिँजाइयोको बताउँदै उनले सो बताएका हुन् । यसका अलवा उनले मदन भण्डारीको हत्या हुँदा नेतृत्वमा केपी ओली नभएको पनि स्पष्ट पारे ।

‘अमर लामाको चाहिँ हत्या कसरी भयो ? त्यसमा खासै कुरा बाहिर आएको छैन । मदन भण्डारीसँगै भएको जिवित मान्छे अमर लामा थिए । पछि उनलाई हाम्रै माओवादी साथीहरुले समाते । भाग्न खोज्दा मर्‍यो भनेको छ । मारियो। तर, यथार्थ के हो अहिले पनि आएको छैन,’ संबोधनका क्रममा भट्टले भने । 

दरबार हत्याकाण्डको प्रतिवेदनजस्तै अमर लामा मारिएको प्रतिवेदन पनि सार्वजनिक नभएको बताउँदै उनले मदन भण्डारी हत्यासँग जोडिएका अमर लामाको मृत्यु पनि रहस्यमय नै रहेको बताए ।

भण्डारीको २०५० जेठ ३ गते चितवनको दासढुंगामा रहस्यमय दुर्घटनामा मृत्यु भएको थियो। जीवराज आश्रित र उनी चढेको गाडी दुर्घटना हुँदा दुवैको मृत्यु भएको थियो । घटनाको छानबिनका लागि आयोग बने पनि वास्तविकता भने बाहिर अझैसम्म आउन सकेको छैन । मदन भण्डारी दुर्घटनाका एक मात्र साक्षी उनका गाडीचालक अमर लामा थिए । २०६० सालमा कीर्तिपुरमा अमर लामाको हत्या भएको थियो ।

त्यस्तै, मन्त्री भट्टले टीकापुर हत्याकाण्डको वास्तविकता अझै बाहिर नआएको बताएका छन् । जिल्ला अदालत कैलाली र उच्च अदालतले उक्त मुद्दामा दोषी ठहर गर्दै रेशम चौधरीलगायतलाई सजायको फैसला सुनाएकोमा मन्त्री भट्टले यस्तो बताएका हुन् । 

उनले भने, ‘रेशम चौधरीलाई भित्र हालिएको छ । रेशम चौधरी योजनाकार हुन कि होइनन् त्यसमा शंका छ मलाई । अरु नै छन्, जस्तो लाग्छ ।’ भट्टले वर्तमान सरकारले सो बारेमा अध्ययन गरेर निर्दोषलाई रिहा गर्नुपर्ने बताए । जिल्ला अदालत कैलालीले टीकापुर घटनामा दोषी ठहर गर्दै रेशम चौधरीलाई जन्मकैदको फैसला सुनाएको छ ।

 


कस्तो लाग्यो ?

यो पनि