बैशाख २३, २०८१, आइतबार
               

पदका लागि सडकमा आएका होइनौँ: दाहाल

नेपाल फ्ल्यास
माघ २६, २०७७

ADVERTISEMENT

काठमाडौं । दाहाल–नेपाल समूह (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूहरू पदका लागि सडकमा नआएको बताएका छन् ।

केपी शर्मा ‌ओली पक्षीय नेकपाले प्रचण्डसँग छलफल र बैठक गर्दै लगभग ७० प्रतिशत समय खर्च भएको बताइरहेका बेला सोमबार काठमाडौंमा भएको एकीकृत अखिल नेपाल शिक्षक संगठनको कार्यक्रमलाई संबोधन गर्ने क्रममा उनले सो बताएका हुन् । 

‘केपीसँग परेको प्रधानमन्त्रीको निम्ति लडाइँ परेको हो पनि भन्छन्, यो सबै केपी र केपीका गुटका मान्छेले गरेको षडयन्त्र हो, हामी विचारका निम्ति, सिस्टमका निम्ति लडेको हो,’ उनले भने ।

आफूहरुको आन्दोलन र विचारलाई बदनाम गर्न षडयन्त्र भएको बताउँदै उनले आफूहरु जनताको पक्षमा गएको बताए । ‘हामी लोकतन्त्रको पक्षमा गयौँ, हामी जनतासँग जोडियौँ, हामी सडकमै गयौँ, त्यसैले हामीलाई गर्व छ,’ उनले भने । 

सो क्रममा प्रचण्डले नेपालको संविधान कुल्चेर इतिहासमा कलंकित भएको बताएका छन् ।  शान्ति र स्वतन्त्रताको पक्षमा उभिँदा आफूहरुको जित भएको बताउँदै उनले केपी ओलीको हार भएको बताएका छन् ।  उनले विचारका निम्ति पार्टीभित्र संघर्ष गर्नुपर्ने अवस्था आएको जिकिर गरे ।

फागुन ३ मा सरकारले गरेका काम अंकमा सर्वजनिक गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीका सल्लाहकार विष्णु रिजालले बताएका छन् । सरकारले फागुन ३ मा सरकारले गरेका काम र प्रचण्डसँग भएका बैठकको तथ्यांक सार्वजनिक गर्ने उनले बताएका छन् ।  फागुन ३ मा केपी शर्मा ओली प्रधानमन्त्री केपी शर्मा ओली तीन वर्ष पूरा हुनेछ । उनी २०७४ साल फागुन ३ मा प्रधानमन्त्री भएका थिए ।  


कस्तो लाग्यो ?

यो पनि