बैशाख १७, २०८१, सोमबार
               

जसपा अध्यक्ष महन्थ ठाकुर र नेता राजकिशोर दिल्ली उडे

नेपाल फ्ल्यास
माघ २६, २०७७

ADVERTISEMENT

काठमाडौं । जनता समाजवादी पार्टीका केन्द्रीय अध्यक्ष महन्थ ठाकुर भारत गएका छन् । 

प्रतिनिधि सभा विघटनपछि ठाकुर दिल्ली जानुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

तर जसपाका नेता केशव झाले भने मेदान्त अस्पतालमा मुटुको नियमित चेकजाँचका लागि ठाकुर दिल्ली गएका बताए ।

कोरोनाको कारण मेदान्त अस्पतालमा नियमित चेकजाँच गराउन नपाएका ठाकुर सोमबार स्थलमार्गबाट दिल्ली गएका झाले जानकारी दिए । 

अध्यक्ष ठाकुर भैरहवा हुँदै भारतको गोरखपुरबाट दिल्ली उडेको बताइएको छ । ठाकुर ३/४ दिन अस्पतालमै रहनेछन् ।

‘उहाँको मुटुको नियमित जाँच गराउनुपर्छ, कोरोनाले गर्दा बीचमा मेदान्त अस्पताल जान सकिएको थिएन, यही नर्भिकमा चेकजाँच भएको थियो’, झाले भने, ‘अहिले भने मेदान्तमै फलोअप गर्न जानुभएको हो ।’

यसैबीच, जसपाका नेता राजकिशोर यादव पनि दिल्ली गएका छन् । उनी काठमाडौंबाट सिधै दिल्ली उडेका हुन् ।

तर, नेता यादव दिल्ली गएको बारे पार्टीमा कुनै जानकारी नभएको सपाका नेता केशव झाले बताए ।


कस्तो लाग्यो ?

यो पनि