बैशाख २३, २०८१, आइतबार
               

पहिचानको राजनीतिलाई उकासेर जनता भड्काउने काम भयो : प्रधानमन्त्री

नेपाल फ्ल्यास
माघ २५, २०७७

ADVERTISEMENT

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पहिचानको राजनीतिलाई अनुचित हिसबाले उकासेर जनता भड्काउने काम गरेको बताएका छन् । 

आइतबार एकीकरण मार्ग कार्यक्रमको दोस्रो बृहत् सेमिनारमा प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् । पहिचानको राजनीतिलाई अनुचित हिसबाले उकासेर जनता भड्काउने, राष्ट्रिय एकतालाई कमजोर बनाउने काम भइरहेको उनको भनाइ छ ।’ 

‘पहिचानको राजनीतिलाई अनुचित ढंगले उकासेर जनतालाई भड्काउने प्रयास भइरहेको छ’, प्रधानमन्त्री ओलीले भने, ‘हिजो नेपालीको मेलमिलाप र विविधतामा एकताबाट एकीकृत राज्यलाई बचाउनुपरेको छ ।’

एकीकरण एकदिनको मात्र काम नभएको बताउँदै उनले यो अनवरत काम भएको बताए । उनले भने, ‘हिजो एकीकरण लडाईंबाट गर्नुपरेको थियो, एकीकृत राज्यलाई लडाईंबाट बचाउनु परेको थियो। आज एकीकृत राज्यलाई नेपालीहरुको मेलमिलाप र एकताबाट बचाउनुपरेको छ।’

वीर पुर्खाहरूले लडेका ऐतिहासिक, सामरिकस्थल, गढीहरू संरक्षण हुनुपर्ने बताउँदै उनले अहिले आफूहरु कुनै किल्ला बनाउन लड्नु नपरेको बताए ।

यो पनि