बैशाख २३, २०८१, आइतबार
               

प्रचण्ड-माधवकै कारण ओलीले संसद् विघटन गर्ने दुस्साहस गरेका हुन् : थापा

नेपाल फ्ल्यास
माघ २५, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापाले नेकपाकै आन्तरिक किचलोका कारण प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गर्ने हिम्मत गरेको बताएका छन् । 

नेपाली कांग्रेसद्वारा वीरगञ्जमा आयोजित सभालाई आइतबार सम्बोधन गर्दै नेता थापाले सो बताएका हुन् । ओली प्रवृत्तिलाई हुर्काउनु र अहिलेको संकट आउनुमा प्रचण्ड र नेपालको उत्तिकै योगदान रहेको उनको भनाइ छ । 

‘प्रचण्डको लोभ, माधव नेपालको कायरता, झलनाथ खनाल, नारायणकाजी लगायतका नेताको लोभ र लालचका कारण ओलीले यो दुस्साहस गरे,’नेता थापाले भने ।

ओलीसँग प्रचण्डको भाग शान्ति मिलेको भए यो अवस्था नआउने बताउँदै उनले ओली प्रवृत्तिको उदय हुनुमा प्रचण्ड–नेपाल मात्र होइन उपेन्द्र यादवले पनि योगदान रहेको बताए । ‘नेकपाले दुईतिहाइ पाएको थिएन, तथाकथित मधेसवादी दलले पुर्‍याइदिको हो । मधेशको मसिहा बनेका उपेन्द्र र राजेन्द्र महतोले लाइन लागेर ओलीलाई दुईतिहाइ पुर्‍याइदिएको होइन,’ थापाले भने ।

यो पनि