बैशाख २३, २०८१, आइतबार
               

प्रदेश १ को प्रदेशसभा बैठक स्थगित

नेपाल फ्ल्यास
माघ २५, २०७७

ADVERTISEMENT

काठमाडौं । प्रदेश १ को प्रदेशसभा बैठक अवरुद्ध हुँदा मुख्यमनेत्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव पेस हुन सकेन । 

निकै गृहकार्य गरी सुरु भएको बैठकमा सत्ता पक्षका सांसदले विरोध जनाएपछि बैठक कार्यसूचीमा प्रवेश गर्न नपाई बैठक स्थगित भएको हो । बैठकमा सभामुख प्रदीपकुमार भण्डारीले बैठक प्रारम्भ गरेसँगै मुख्यमन्त्री शेरधन राई पक्षले अवरुद्ध पारेका छन् । 

भामुख भण्डारीले पटक-पटक बस्न आग्रह गर्दा पनि सांसदहरु नमानेपछि बैठक स्थगित भएको घोषणा गरेका हुन् । बैठकमा मुख्यमन्त्री राईविरुद्ध संसद् सचिवालयमा दर्ता भएको अविश्वासको प्रस्ताव पेस हुने कार्यसूची थियो । अब अर्को बैठक फागुन ९का लागि तोकिएको छ। 


कस्तो लाग्यो ?

यो पनि