बैशाख २३, २०८१, आइतबार
               

प्रदेशसभा बैठक सुरु, मुख्यमन्त्री राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता हुँदै

नेपाल फ्ल्यास
माघ २५, २०७७

ADVERTISEMENT

विराटनगर । कार्यसूचीमा सहमति भएपछि प्रदेश १ प्रदेशसभाको बैठक सुरु भएको छ । दिउँसो २ बजेका लागि बोलाइएको बैठक नेकपाका दुई पक्षलगायत अन्य दलबीच सहमति र कार्यसूची तयार हुन नसक्दा केहीबेर ढिला गरी बैठक सुरु भएको हो । 

बैठकको कार्यसूचीमा मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव पेस गर्ने उल्लेख छ । नेकपा ओली समूह भने सूचना टाँस गरेर बैठक स्थगित गर्नुपर्ने पक्षमा थियो । प्रचण्ड–माधव समूह भने जसरी पनि अविश्वासको प्रस्ताव संसदमा पेस गर्नुपर्ने अडानमा थियो ।

१८ दिनपछि आज बैठक बोलाइएको थियो । तर, नेकपा ओली समूह भने बैठक सूचना टाँस गरेर स्थगित गर्नुपर्ने कुरा अघि सारेको थियो ।

यो पनि