बैशाख २३, २०८१, आइतबार
               

प्रदेश-१ मा प्रदेश संसद् बैठकबारे नेकपाबाट दुईथरि माग

नेपाल फ्ल्यास
माघ २५, २०७७

ADVERTISEMENT

काठमाडौं । प्रदेश १ संसद् बैठक सुरु हुन सकेको छैन। नेकपाका दुई समूहबीच कुरा नमिल्दा बैठक सुरु हुन ढिलाइ भएको हो ।

कार्यव्यवस्था समितिको बैठमा सत्तारूढ नेकपाका सांसदहरूले सूचना टाँसेर केही दिन संसद् रोक्न माग गरेका हुन् । तर, दाहाल नेपाल पक्ष भने सोको विरुद्धमा छ । अर्थात् बैठक राख्नुपर्ने पक्षमा छ ।

तर, मुख्यमन्त्री शेरधन राईविरुद्ध उनकै दलका बहुमत सांसदले दर्ता गरेको अविश्वासको प्रस्ताव टेबल हुने भनिएको बैठक बस्ला कि नबस्ला भनी अन्योलता सिर्जना भएको छ । 

कार्यव्यवस्था बैठकमा मुख्यमन्त्री शेरधन राईको पक्षबाट आन्तरिक मामिला मन्त्री हिक्मत कार्कीले कम्तिमा एक दिनका लागि संसद् बैठक रोक्न प्रस्ताव गरेका छन् । तर, बाँकी दलले बैठक सुरु गर्नुपर्ने बताइरहेका छन् । प्रचण्ड-नेपाल पक्षले अविश्वास प्रस्ताव छल्न ओली पक्षले अराजनीतिक अडान देखाएको भन्दै तत्काल बैठक सुरु गर्न माग गरिरहेको छ।

पुस ५ मा मन्त्रिपरिषद्को सिफारिसमा प्रतिनिधिसभा विघटनसँगै सोको प्रभावस्वरुप बागमती प्रदेश र प्रदेश १मा मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ । 


कस्तो लाग्यो ?

यो पनि