बैशाख २३, २०८१, आइतबार
               

कोभिड प्रभावित श्रमजीवि पत्रकारलाई राहत प्याकेज ल्याउने तयारी भइरहेको छ : गुरुङ

नेपाल फ्ल्यास
माघ २५, २०७७

ADVERTISEMENT

काठमाडौं । सञ्‍चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले कोभिड प्रभावित श्रमजीवि पत्रकारलाई राहत प्याकेज ल्याउने बताएका छन् । 

सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालयद्वारा आइतबार काठमाडौंमा आयोजना गरेको ‘आमसञ्‍चार र श्रमजीवि पत्रकारः नीति, कार्यक्रम र बजेट’ विषयक छलफलका क्रममा उनले सो कुरा बताएका हुन् ।सो क्रममा उनले पत्रकार महासंघसहित सरोकारवाला निकायसँग सुझाव दिन आग्रह गरेका छन् । 

कोभिड प्रभावित सञ्‍चार गृह र श्रमजीवि पत्रकारहरुलाई तत्काल राहत दिनका लागि प्राप्त भएको सुझावका आधारमा सरकारले राहत कार्यक्रम ल्याउने उनको भनाइ छ ।

सोही अवसरमा गुरुङले संसद् नभएका अवस्थामा जरुरी विधेयक भए अध्यादेशबाट भए पनि कानुन ल्याउने बताए । 

मन्त्री गुरुङले आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेटबारे मन्त्रालयलाई सुुझाव दिन पनि आग्रह गरे । गुरुङले पत्रकारहरुले आफ्नो आचारसंहिता पालना गर्ने कामलाई प्रभावकारी बनाउने उपायको विषयमा मन्त्रालयले सरोकारवाला निकायबाट सुुझावको अपेक्षा गरेको बताए । 

कार्यक्रममा नेपाल पत्रकार महासंघका उपाध्यक्ष दिलिप थापा मगरले कोरोनाका कारण मारमा परेका सञ्‍चार कर्मीलाई तत्काल राहत दिनुपर्ने बताए । त्यस्तै, सूचना विभागको परिचयपत्रका साथै पत्रकार महासंघको सदस्यका आधारमाा पनि पत्रकारलाई बिमाको व्यवस्था गर्नुपर्ने बताए ।

यो पनि